Sansar News- Nepal's Fast Khabar Online News Portal

ट्रमा केयर सेन्टर सञ्चालनमा

संसार न्यूज़
८ महिना पहिले
ट्रमा केयर सेन्टर सञ्चालनमा

२ अशोज, मोरङ । जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर प्रालिले बुधबारदेखि औपचारिक रूपमा सेवा सुरु गरेको छ ।

प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बुधबार यहाँ आयोजित कार्यक्रममा सेन्टर सेवाको औपचारिक सुरुवात गरे ।

विराटनगर–९ स्थित रु पाँच करोडको लागतमा सञ्चालन भएको सो सेन्टर १५ श्ययाको छ । निजी क्षेत्रबाट सञ्चालित सो सेन्टरमा सघन उपचार कक्ष, एन सघन उपचार कक्ष पिआइसीयु, भन्टिलेटरलगायतका अन्य ल्याब सम्बन्धीसेवा उपलब्ध गराएको सञ्चालक जयप्रकाश रायले बताए ।

सेन्टरले उच्चरक्तचाप, डाइबिटिजका बिरामीलाई दैनिक निःशुल्क सेवा उपलब्ध गराउने भएको छ । अस्पतालमा १२ जना विशेषज्ञ चिकित्सकसहित ३० जना कर्मचारी कार्यरत रहेका छन् । असहाय, गरीबीका रेखामुनी रहेका बिरामीलाई सम्बन्धित निकायको सिफारिशमा सम्पूर्ण उपचारलगायत औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको सञ्चालक रायले जानकारी दिए ।

सो अवसरमा मन्त्री घिमिरेले विराटनगरलाई ‘स्वास्थ्य पर्यटन केन्द्र बनाउनमा यसले सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

आगामी १५ दिनसम्म सेन्टरका सम्पूर्ण उपचार सेवामा बिरामीलाई ५० प्रतिशत छुट उपलव्ध गराएको छ । (रासस)

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ७ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ५ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…