Sansar News- Nepal's Fast Khabar Online News Portal

एनआरएनए युवा संयोजकमा हिमालको उम्मेदवारी

संसार न्यूज़
८ महिना पहिले
एनआरएनए युवा संयोजकमा हिमालको उम्मेदवारी

२ असोज, नेदरल्याण्ड । गैरआवासीय नेपाली संघको युवा संयोजकमा नेदरल्याण्डबाट हिमाल गुरुङले उम्मेदवारी दिएका छन् ।

यहि १५ देखि १७ मा हुने संघको नवौं ग्लोवल सम्मेलनका लागि गुरुङले उम्मेदवारी घोषणा गरेका हुन् ।

एनआरएनए नेदरल्याण्डको अध्यक्ष हुँदै आइसिसि सदस्य समेत भइसकेका गुरुङ पोखरा निवासी हुन् । आफ्नो कार्यकालमा सबैभन्दा कान्छा अध्यक्ष समेत रहेका उनी संघको विभिन्न काममा सक्रिय भएर लागेका व्यक्तित्व हुन् ।

विशेष गरेर एनआरएनए अभियानमा दोश्रो पुस्ताको उल्लेख्य सहभागीता गराउने मुख्य एजेण्डा अघि सारेका युवा संयोजकका उम्मेदवार गुरुङले संचार तथा प्रविधिमा दोश्रो पुस्ताका एनआरएनएहरुले आर्जन गरेको सिपलाई नेपालको समृद्धि तथा विकासका लागि परिचालन गर्ने आफ्नो लक्ष्य रहेको बताउँछन् ।

‘मलाई सबै अग्रजको साथ रहेको कारणले पनि म उत्साहित भएको छु अनि सफल हुनेमा ढुक्क छु ।’

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ७ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ५ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…