Sansar News- Nepal's Fast Khabar Online News Portal

‘प्रचन्डको गद्धारीमा ‘डाइनामीज्म’ देख्नु त स्वभाविक हो’

संसार न्यूज़
२ महिना पहिले
‘प्रचन्डको गद्धारीमा ‘डाइनामीज्म’ देख्नु त स्वभाविक हो’

सिपी गजुरेल कम्युनिष्ट आन्दोलनभित्र चर्चित नाम हो । कम्युनिष्ट आन्दोलनमा कुनै समय प्रचन्ड भन्दा सीनियर नेता हुन् गजुरेल । हाल मोहन बैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादीका दोस्रो नेता रहेका गजुरेल पार्टीभित्र ‘गौरव’ उपनामले पनि चिनिन्छन् । माओवादी पार्टीमा रहँदा र पार्टी विभाजन पछि पनि प्रचन्डका कटु आलोचक हुन गजुरेल । हामीले गजुरेलसँग गौरव र प्रचन्डका विविध संयोगका विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ, तिनै गौरवसँग गरिएको कुराकानीको संपादित अंश :

वार्ताको सुरुवात प्रचन्ड र गौरव नामको संयोगबाट गरौ, तपाइहरुले नाम साट्नु भएकोे भनिन्छ नि साच्चै हो ?

जनयुद्धको तयारी गरिरहँदा हामीले हाम्रा उपनाम र्फेने योजना बनाएका थियौ । यसभन्दा अगाडिका हाम्रा भूमिगत नाम ‘लिक’ भएका थिए । यसकारण नयाँ नामको आवश्यकता थियो । वैठकमा साथीहरुले नयाँ नाम राख्ने भन्नुभयो । मैले मेरो भूमिगत नाम प्रचन्ड राख्ने सोंच बनाए । पुष्पकमल दाहालले गौरव सोच्नु भएको रहेछ । बैठकमा उहाँले मलाइ नाम फेरौ भन्नु भयो । त्यसपछि प्र्रचन्ड गौरव भएँ, गौरब प्रचन्ड हुनु भयो । यसरी हामीले नाम बदलेका थियौ । प्रचन्डको नाम मेरो सोंच थियो ।

नाम सँगै प्रचन्डले तपाइको पार्टीको ‘पोजिसन’ पनि खोस्नु भएको भन्ने सुनिन्छ नि ?
तपाईले उठाउन खोजेको २०४४ सालको सेक्टर कान्डपछिको विषय हो जस्तो लाग्यो । तर नामको विषय अलि पछिको हो । २०४४ सालमा सेक्टर कान्डको बेला किरणजी महामन्त्री हुनुहुन्थ्यो म दोस्रो तहको नेता थिए । प्रचन्ड त्यतिवेला वैकल्पिक पोलिटव्युरो सदस्य हुनुहुन्थ्यो । सेक्टर कान्डपछि किरणजीले पार्टी नेतृत्वलाई एक तह घटुवा गर्नु भएको थियो । यससँगै हामी एक तह घटुवा भयौ । त्यतिवेला पहिलो नेतृत्व असफल भएपछि नेतृत्व दोस्रो नेतामा सर्नु पर्दथ्यो । तर किरणजीले पनि त्यसो गर्नु भएन । प्रचन्ड जीले पनि तपाई बन्नुस् भन्नु भएन । उँहाभित्र भित्रै नेतृत्व हत्याउन लाग्नु भएको हुन सक्छ ।

पहिला नाम त्यसपछि पोजिसन खोसिसकेपछि २०६० मा तपाइलाई भारतीय पुलिसमार्फत् पक्राउने काम भित्रैबाट भएको हल्ला थियो, तपाइलाइ के लाग्छ र?
त्यतिवेला त्यस्तो काम भएन होला जस्तो लाग्दथ्यो । म भारतीय जेलबाट छुटनासाथ धेरै पत्रकारहरुले यो प्रश्न सोधेका थिए । मैले पत्रकार सम्मेलन गरेरै प्रचन्डले मलाइ पक्राएको कुरा सिधै अस्वीकार गरेको थिए । मलाइ प्रचन्डमाथि श्रद्धा थियो । समयक्रमले सवैले सोधिराखेको र मैले अस्वीकार गरेको यो प्रसङ्घ सत्य होकी जस्तो लाग्न थालेको छ । अहिले हेर्दा प्रचन्डको राजनीतिक गद्धारीको सुरुवात त्यतिवेला देखिनै भएको रहेछ जस्तो लाग्छ । अहिले प्रचन्ड जुन रछ्र्यानमा हुनुहुन्छ, यसलाइ हेर्दा मलाई पनि सङ्का लागेको छ ।
नेपालमा प्रचन्डको गद्धारीको सुरुवात चुनवाङ्घ वैठकबाट भएको थियो । यदि त्यो बैठकमा किरणजी र म भएको भए प्रचन्डको गद्धारीको पराकाष्ठा यत्ति सम्म जादैनथ्यो कि भन्ने लाग्छ । यसैका लागि सायद हामीलाई पक्राइएको वा पक्रिइएको थियो ।

प्रचन्डको यहि ‘सीफ्टीङ’ लाई सवैले ‘डाइनामीजम’ भन्दछन् तपाइले गद्धारीकरण गर्नु भयो ?
हो यो प्रचन्डको गद्धार रवैया हो । संसारमा आन्दोलनहरु असफल हुन सक्छन । सफल पनि हुन सक्छन् । तर सफल आन्दोलनलाइ तुहाउने काम प्रचन्डबाटै भयो । इतिहासमा आन्दोलन असफल भएर नेताहरु मारीन सक्छन् । तर, हाम्रोमा मुल नेतृत्वबाटै आन्दोलन तुहाउने काम भयो । यसकारण मैले प्रचन्डले गद्धारी गरे भन्छु । अरुहरुले प्रचन्डको गद्धारीमा ‘डाइनामीज्म’ देख्नु त स्वभाविक हो । किन भने प्रचन्ड उनिहरुको कोपभाजनमा परेका छन् । यति भनेर फुर्काएपछि प्रचन्ड मख्ख पर्छन अनि उनीहरुको स्वार्थ पूरा हुन्छ । यसकारण गद्धारीकरणलाइ उनीहरुले ‘डाइनामिज्म’ देखेका हुन् ।

प्रचन्डले पटक–पटक तपाई माथि अन्याय गर्नुभएको सुनिन्छ, ०६५ मा तपाइको चाहाना विदेशमन्त्री हुने थियो, त्यसलाई रोकेर फेरि अर्को अन्याय गर्नु भएकै हो ?
हो , त्यतिवेला पार्टीलाई ससक्त जनअनुमोदन प्राप्त भएको थियो । विगत २० वर्षदेखि मैले पार्टीको सोही विभाग र जनसरकारको सोही मन्त्रालय सम्हालेकोले प्रचन्डले मलाई विदेशमन्त्रीको अफर गर्छन भन्ने लागेको थियो । तर, प्रचन्डले त मलाइ रोक्न परराष्ट्र मन्त्रालय नलिने पो भनिदिए । त्यसवेला त मलाइ कुरा ठिकै लागेको थियो । पछि बुझदा त प्रचन्डको चाल मलाइ रोक्ने गरी पो अगाडी बढेको रहेछ ।

०६५ मा विदेशमन्त्री नवनाएको साटो प्रधानसेनापति रुकमागंत कटुवाललाई उचालेर फेरेको भन्ने आरोप तपाईलाइ लगाइन्छ नि यो कति सत्य हो ?
यो एकदमै गलत हो । कटुवाल प्रकरणको समयमा त म स्वदेशमा समेत थिइन । कटुवाल प्रकरण भएको मैले दिल्ली आएपछि बल्ल थाहा पाएँ । यसकारण कटुवाल प्रकारणमा मैले तुस्टी फेरे भन्ने कुरो मित्थ्या आरोप मात्रै हो ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…