Sansar News- Nepal's Fast Khabar Online News Portal

सिङ्गापुरमा हुने टी ट्वान्टी क्रिकेटका लागि नेपाली खेलाडी छनोट

संसार न्यूज़
१ महिना पहिले
सिङ्गापुरमा हुने टी ट्वान्टी क्रिकेटका लागि नेपाली खेलाडी छनोट

२ असोज, काठमाडौँ । सिङ्गापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी र ओमानमा हुने टी ट्वेन्टी सिरिजका लागि आज नेपालले १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

आइसिसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मिलित टोलीले पारस खड्काको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको नाम सार्वजनिक गरेको हो ।

नेपालले घोषणा गरेको टोलीमा अलराउन्डर कुशल मल्ल र ब्याट्सम्यान इशान पाण्डे पहिलोपटक टोलीमा परेका छन् । त्यस्तै युवा खेलाडी दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ भने ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर र वसन्त रेग्मी टोलीमा अटाएका छैनन् ।

छनोट हुने खेलाडीमा कप्तान खड्कासहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललितनारायण राजवंशी, पवन सर्राफ र सन्दीप लामिछाने छन् । त्यसैगरी सुशन भारी, इशान पाण्डे, सन्दीप जोरा, अभिनास बोहोरा, कुशल मल्ल, आरिफ शेख र रोहितकुमार पौडेल छन् ।

नेपालले सिङ्गापुरमा आयोजकसँगै टेस्ट राष्ट्र जिम्बावेसँग त्रिकोणात्मक टी २० सिरिज खेल्नेछ । नेपालले असोज १० गते जिम्बावेसँग खेल्नेछ भने असोज ११ गते आयोजक सिङ्गापुरसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल यो सिरिज सकिएपछि ओमान प्रस्थान गर्नेछ । यही असोज १८ देखि २३ गतेसम्म हुने उक्त प्रतियोगितामा पाँच राष्ट्रबीच टी–ट्वान्टी सिरिज हुनेछ । जहाँ नेपालसहित आयोजक ओमान, आयरल्याण्ड, हङ्कङ र नेदरल्याण्ड छन् ।

यसै सिरिजलाई मध्येनजर गरेर नेपालले भारतीय प्रशिक्षक बुरिटी भेन्कटरामलाई बलिङ कन्सल्टेन्ट प्रशिक्षकमा समेत नियुक्त गरेको छ । (रासस)

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…