Sansar News- Nepal's Fast Khabar Online News Portal

सकियो राष्ट्रिय सभाको चौथो अधिवेशन, १७ विधेयक पारित, अरु के के भए काम ?

संसार न्यूज़
४ हप्ता पहिले
सकियो राष्ट्रिय सभाको चौथो अधिवेशन, १७ विधेयक पारित, अरु के के भए काम ?

२ असोज, काठमाडौँ । संघीय संसद, राष्ट्रिय सभाको चौथो अधिवेशनको पहिलो बैठक सम्वत् २०७६ वैशाख १६ गते सोमबार अपरान्ह ४ः०० प्रारम्भ भई आज २०७६ साल असोज २ गते बिहीबारसम्म जम्मा १४५ दिन चालु रह्यो । यस अवधिमा बैठक बसेका ४७ दिनहरूमा यो बैठक समेत गरी सभाका ५१ वटा बैठक बसी ११० घण्टा २० मिनेटसभाको काममा समय व्यतीत भयो ।

२०७६ वैशाख २० गतेको बैठकमा सम्माननीय राष्ट्रपति महोदयले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनप्रति पेश भएको धन्यवादको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको थियो । साथै सम्माननीय राष्ट्रपतिको सम्बोधन मार्फत् प्रस्तुत भएको आ.व. २०७६।७७ को लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि २०७६ वैशाख २३ र २४ गते छलफलभई बहुमतबाट पारित भएको थियो ।

त्यसैगरी “आ.व. २०७६/७७ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस्” भन्ने प्रस्तावउपर सभामा मिति २०७६ जेठ २७ र ३० गते छलफल भएको थियो ।

२०७६ जेठ १५ गतेको बैठकमा पेश भएको आ.व. २०७६/७७को लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट वक्तव्य) उपर २०७६ जेठ २१ र २७ गते छलफल भई माननीय अर्थमन्त्रीबाट जवाफ दिने कार्य सम्पन्न भएको थियो ।
माननीय सदस्यहरू,
सभाले यसअधिवेशन अवधिमा देहाय बमोजिमका १९ वटा विधेयकहरू पारित गरेकोे छ :
 तेस्रो अधिवेशन अवधिमा सभामा उत्पत्ति भई यस अधिवेशन अवधिमा पारित गरिएका विधेयकहरू
1)प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५
2)  राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५
3) शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५
4) प्रशासकीय अदालत विधेयक, २०७५
5) विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५
 प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त भई सभाबाटपारित गरिएका विधेयकहरू
1) विनियोजन विधेयक, २०७६
2) आर्थिक विधेयक, २०७६
3) राष्ट्र ऋण उठाउने विधेयक, २०७६
4) ऋण तथा जमानत (तेइसौं संशोधन) विधेयक, २०७६
5) वन विधेयक, २०७५
6) वातावरण संरक्षण विधेयक, २०७५
7) प्रहरी समायोजन विधेयक, २०७५
8) नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक, २०७५
9) राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५
10) भूमि सम्बन्धी (आठौं संशोधन) विधेयक, २०७५
11) आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७५
12) सेफगार्ड्स, एण्टी–डम्पिङ्ग तथा काउन्टरभेलिङ्ग विधेयक, २०७५
13) औद्योगिक व्यवसाय विधेयक, २०७५
माननीय सदस्यहरू,
सम्माननीय राष्ट्रपतिबाट पुनर्विचारका लागि प्राप्त भएको राहदानी विधेयक, २०७५ लाई प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त भएकोमा सभाले यसै अधिवेशन अवधिमा पारित गरेको छ ।
माननीय सदस्यहरू,
अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धि अन्तर्गतको पालेर्माे अभिसन्धि सभा समक्ष पेश भएको थियो ।
माननीय सदस्यहरू,
सभामा दर्ता भएका देहाय बमोजिमका विधेयकहरू सभामा सैद्धान्तिक छलफल गरी दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ :
1) संघ, प्रदेश र स्थानीय तह बीचको अन्तरसम्बन्ध (व्यवस्थापन) विधेयक, २०७५
2) नेपाल मिडिया काउन्सिल विधेयक, २०७५
3) इन्जिनियरिङ परिषद् सम्बन्धी विधेयक, २०७६
4) काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकारण विधेयक, २०७६
माननीय सदस्यहरू,
यसै अधिवेशन अवधिमा देहाय बमोजिमका २ वटा सार्वजनिक महत्वका प्रस्ताव दर्ता भई छलफल भएको थियो :
१. अविरल वर्षाको कारण तराई–मधेश–पहाड लगायत मुलुकका विभिन्न भागमा ठूलो संख्यामा भएको जनधनको क्षति सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव,
२. पर्यटनसँग सम्बन्धित भौतिक संरचना निर्माण गर्दा नेपाली मौलिकता झल्कने गरी निर्माण गर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव ।
यसैगरी यस अधिवेशन अवधिमा देहाय बमोजिमका ३ वटा ध्यानाकर्षण सम्बन्धी प्रस्ताव दर्ता भई छलफल गरिएको थियो :
1) मिति २०७५ साल चैत्र १७ गते आइतबार साँझ बारा र पर्सा जिल्लामा आएको शक्तिशाली हावाहुरीका कारण भएको जनधनको क्षति तथा प्राकृतिक विपत्तीका कारण घरबार विहीन भएकाहरुलाई तत्काल राहत तथा पुनःस्थापनाको उचित व्यवस्थापनका लागि नेपाल सरकारको ध्यानाकर्षण गर्ने सम्बन्धी प्रस्ताव,
2) अपाङ्गता भएका व्यक्तिहरूका सम्बन्धमा सम्माननीय प्रधानमन्त्री, माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र माननीय अर्थमन्त्रीको ध्यानाकर्षण प्रस्ताव,
3) नेपाल सरकारबाट लागू गरिएको वातावरणमैत्री सवारी तथा यातायात नीति, २०७१ र विद्युतीय सवारी सम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्थाका सम्बन्धमा ध्यानाकर्षण प्रस्ताव ।
माननीय सदस्यहरु,
यसै अधिवेशन अवधिमा दैवी प्रकोपबाट प्रभावितहरूको उद्धार, राहत, पुनस्र्थापनाका साथै विपत्तिबाट क्षतिग्रस्त संरचना निर्माणका लागि राहत स्वरूप राष्ट्रिय सभाका माननीय सदस्यहरूको तर्फबाट १ दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने विशेष प्रस्ताव समेत पारित भएकोछ । सभाका अध्यक्षको नेतृत्वमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेता तथा मुख्य सचेतकहरूको समेत संलग्नतामा मध्य तथा पूर्वी तराईका विभिन्न १० वटा बाढी तथा डुबानग्रस्त जिल्लाहरूको स्थलगत निरीक्षण गरी नेपाल सरकार समक्ष समस्या समाधानका लागि तत्कालीन र दिर्घकालीन कार्य योजना समेत सिफारिश गरिएको थियो ।
माननीय सदस्यहरु,
यसै अधिवेशन अवधिमा पूर्व सदस्य भिक्षु अश्वघोष महास्थवीर, संविधानसभा सदस्य दिवाकर गोल्छा, प्रतिनिधि सभाका पूर्व सदस्य द्वय रुद्रमणि शर्मा भण्डारी र रामकृष्ण ताम्राकार, संविधान सभा सदस्यद्वय धनिराम पौडेल र छियामा राईको निधन भएकोमा लिखित शोक प्रस्तावहरू पारित गरिएका थिए ।
माननीय सदस्यहरु,
यसैअधिवेशन अवधिमा सभाको शून्य समयर विशेष समयमा माननीय सदस्यहरूले उठाउनु भएका समसामयिक विषयहरूका सम्बन्धमामाननीय गृहमन्त्री रामबहादुर थापा र माननीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सभा समक्ष जवाफ प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी यस अधिवेशन अवधिमा राष्ट्रिय सरोकर तथा समन्वय समितिले आ.व. २०७५/७६ को वार्षिक प्रतिवेदन र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ बाराको स्थलगत अनुगमन सम्बन्धी समितिको प्रतिवेदन पेश गरेको थियो । यसैगरी दिगो विकास तथा सुशासन समितिले आ.व. २०७५/७६ को वार्षिक प्रतिवेदन, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना र बारपाक सुलिकोट गाउँपालिकाको स्थलगत अवलोकन भ्रमण सम्बन्धी प्रतिवेदन र दिगो विकास लक्ष्यको स्थानीयकरण सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रियात्मक कार्यक्रमको प्रतिवेदन पेश गरेको थियो । यसैगरी प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र विधायन व्यवस्थापन समितिले आ.व. २०७५/७६ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गरेका थिए ।
अन्त्यमा,
यस अधिवेशन अवधिमा सभाका काम कारवाहीमा सक्रिय रुपमा सहभागी हुनुभई सभालाई गतिशील बनाउन सहयोग पु¥याउनु हुने माननीय उपाध्यक्ष, समितिका माननीय सभापतिहरू, माननीय सदस्यहरू तथा सभाका काममा संलग्न हुने संघीय संसदका महासचिव, सभाका सचिव, सचिवालयका सचिव लगायत संघीय संसदसचिवालयका सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद दिँदै नजिकिँदै गरेका बडादशैं, तिहार, छठ, नेपाल सम्बत् अनुसारको नयाँ वर्ष लगायत विभिन्न जातजातिहरूले मनाउने सम्पूर्ण चाडपर्वहरूको अवसरमा सभाको तर्फबाट तथा मेरो व्यक्तिगत तर्फबाट सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।

मिति २०७६ असोज २ गते

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…