Sansar News- Nepal's Fast Khabar Online News Portal

आज शुक्रबार, लक्ष्मी माताको दर्शन गरेर जान्नुहोस् तपाईको आज (असोज ३ गते) को राशिफल

संसार न्यूज़
१ महिना पहिले
आज शुक्रबार, लक्ष्मी माताको दर्शन गरेर जान्नुहोस् तपाईको आज (असोज ३ गते) को राशिफल

मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । बोली–व्यवहारमा अलि सजग रहनुपर्ला । हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्यामा परिनेछ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारमा अलमलिनुपर्ला । खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ । राम्रो नतिजा हातपार्न रोकिएको काम दोहोर्याउनुपर्ला । अरूको भरले मात्र सफलता प्राप्त नहुन सक्छ । कमजोरी सुधार्न केही काम दोहोर्याउनुपर्ला । सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह

दिगो योजनाका लागि ऋण लिने समय छ । अवसरका लागि केही दौडधुप गर्नुपर्ला । खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ । उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्छ । काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । आयआर्जनका स्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ । व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ । आवश्यक भौतिक साधन जुट्नेछन् । लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ । अध्ययनमा नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ ।

सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे

कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । अरूको मुख ताक्ने बानीले पछि परिनेछ । साइनो गाँस्नेहरूबाट जोगिएर काम गर्नुहोला । आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । कीर्तिमानी काम गर्ने समय छ । सानो प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो

परिस्थितिवश केही समस्यामा अल्झनुपर्ला । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ । धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला । सहयोगीहरू जुट्नाले चिताएको काम छिटै सम्पादन हुनेछ । व्यापार–व्यवसाय विस्तार गर्ने समय छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । सामाजिक दायित्व बढ्नेछ ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते

अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । बेसुरको निर्णयले समस्या आउला । बलजफ्तीले काम बिग्रन सक्छ । परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले मन खिन्न बनाउला । अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्नेछ ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु

परिस्थिति अनुकूल देखिए पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । परिस्थितिवश सोचेको लाभ नमिल्न सक्छ । मनोरञ्जनमा अलमलिनाले काममा पछि परिनेछ । आफन्तसँग असमझदारी बढ्न सक्छ । निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ । व्यावसायिक यात्रा गर्नुपर्ने हुन सक्छ । भौतिक साधनको कमीले पनि आँटेको काममा विलम्ब हुनेछ ।

धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । प्रयत्न गर्दा अवसर प्राप्त हुनेछ । तर आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन् । ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला । लगानीतर्फ लागत बढ्नेछ । पछिका लागि गरिएको मेहनत र लगानीले अवश्यै फाइदा दिनेछ । प्रतिस्पर्धीहरू बाट सावधान रहनुहोला ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अवसर र व्यवधानको उतारचढावबाट न्यून प्रतिफल हातपार्न सफल भइनेछ । धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ । कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ । अरूका लागि बुद्धि खर्चनुपर्ला । स्वास्थ्य(चिन्ताले पनि सताउनेछ । अध्ययनमा बाधा हुनेछ भने लक्ष्य प्राप्त गर्न समय लाग्नेछ । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउन सक्छ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द

निर्णायक मोडमा दुविधा उत्पन्न हुने हुँदा विशेष सजगता अपनाउनुहोला । बेलैमा योजना बनाएर गरेको कामले फाइदा हुनेछ । हिस्सेदारसँग असमझदारी बढ्न सक्छ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ । नयाँ काम थाल्न शुभचिन्तकहरूले साथ दिनेछन् ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सहयोगीहरूले साथ नदिए पनि केही काम सम्पादन हुनेछन् । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै प्रतिफल पाइनेछ । ईर्ष्यालु मन भएकाहरूले अवरोध पुर्याउन सक्छन् । आफ्ना सामानमा अरूले दाबी गर्नेछन् भने परिस्थितिसँग सम्झौता गर्नुपर्ला ।

२०७६ असोज ३ शुक्रबार ( २०१९ सेप्टेम्बर २०)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) -९८४१३५२१६४

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…