Sansar News- Nepal's Fast Khabar Online News Portal

अबको नेतृत्व कोषबाटै चल्ने बनाउँछु-कुमार पन्त, एनआरएनए अध्यक्षका उम्मेदवार

फर्शुराम भुर्तेल
४ हप्ता पहिले
अबको नेतृत्व कोषबाटै चल्ने बनाउँछु-कुमार पन्त, एनआरएनए अध्यक्षका उम्मेदवार

३ असोज, काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआएनए) को अध्यक्षका उम्मेदवार कुमार पन्तले अबको एनआरएनए नेतृत्व संस्थाको कोषबाटै संसार घुम्न मिल्ने बनाउने बताएका छन् ।

शुक्रबार काठमाण्डौंमा २०१९–२०२१ का लागि एनआरएनएको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै पन्तले अबको एनआरएनए अध्यक्षलाई कोषकै रकमबाट संसारका विभिन्न देशमा रहेका एनसीसी तथा विभिन्न कार्यक्रममा जानका लागि आफ्नो पैसा खर्च नगरेर कोषकै पैसाले थ्री स्टार होटल र इकोनोमि क्लासको टिकटको व्यवस्था कोषबाटै गर्ने आर्थिक उर्पाजनका नयाँ कार्यक्रमहरु आफूले ल्याउने बताएका छन् ।

एनआरएनए चुनावका लागि उम्मेदवारहरुले तिनुपर्ने दोब्बर शुल्क तथा विभिन्न सदस्यले चुनावको मुखमा करोड सहयोगको घोषणा रकमलाई उनले अन्यथा नलिन पनि आग्रह गरेका छन् । ‘शुल्क दोब्बर गर्नुपर्ने तितो यर्थाथ हो । संस्थामा आर्थिक अभाव रहेको र आर्थिक अभावलाई परिपूर्ति गर्नका लागि हामीसँग अन्य कुनै बैकल्पिक श्रोत नभएको हुनाले एकपटकको लागि हामीले यो शुल्क निर्धारण गरेका हौं, यो शुल्क भविष्यमा यस्तै नरहने जानकारी पनि गराउँछु’ पन्तले भने, ‘ संस्थालाई आर्थिक रुपले सम्पन्न गराउनका लागि अरु कार्ययोजनाहरु बनाउँदै गरेको र आर्थिक श्रोतहरु अन्तैबाट जुटाउने र पैसा नभएको मान्छे पनि यो संस्थामा लाग्न पाउनुपर्छ र सक्नुपर्छ भन्ने कुरामा म प्रतिबद्ध छु । साथै संसारमा ठूला–ठूला पदमा जस्तै युएनको महासचिव बन्ने हैसियत राखेका नेपाली साथिहरु हुनुहुन्छ त्यस्ता साथिहरु पैसाको कारण हाम्रो संस्थामा आउन चाहानुहुन्न । त्यसकारण संस्थालाई आर्थिक रुपले समृद्ध बनाइनेछ । त्यो भएपछि जो सुकै पनि संस्थाको नेतृत्वमा आउँदा आफ्नो अध्यक्ष वा अन्य नेतृत्व संसारका कुनैपनि आफ्ना राष्ट्रिय समन्वय परिषद्लाई भेट्न जाँदा कमसेकम इकोनिमक क्लासको टिकट र थ्रीस्टार होटलको खर्च संस्थाले वेर्होदिन सक्यो भने त्यतिबेला जसले पनि नेतृत्वमा आउन आँट गर्छ संस्थालाई त्यतातिर लैजान म प्रतिबद्ध छु ।’

उनले एनआरएनएमा राजनीतिक पार्टीको झण्डा बोकेर आफू कहिल्यै संस्थामा नलागेको र आगामी दिनमा पनि कुनै पार्टीको प्रतिनिधिको रुपमा संस्थामा नलाग्ने बताए । उनले भने, ‘मलाई सबै पार्टीका साथिहरुको सहयोग छ ।’ उनले संस्थामा निशुःल्क सदस्यका लागि पहल गर्ने समेत बताएका छन् ।


अध्यक्षका उम्मेदवार पन्तले एनआरएनएको मुख्य चुनौती भनेको संसारभर रहेका श्रमिकहरुको समस्या एनअराएनएको मुख्य चुनौतीका रुपमा रहेको बताएका छन् ।

‘एनआरएनए स्थापनाका बेला २५ लाख नेपाली रहेकोमा अहिले ८० लाख पुगिसकेको र मुख्य गरेर गैरआवासीय नेपाली संघ अब दुई ठाउँमा रहन चाहान्छ, एउटा श्रमिकहरुको बीचमा र अर्को नेपालको आर्थिक उन्नतिको विचमा । जतिबेला गैरआवासीय नेपाली संघ स्थापना हुँदै थियो त्यतिबेला जम्मा २५ लाख रहेको र आज ८० लाख गैरआवासीय नेपाली साथी हुनुहुन्छ । घोषणाका क्रममा सोधिएको चुनौतीका प्रश्नका बारेमा पन्तले भने,‘ त्यसमा पनि ठूलो संख्यामा श्रमिक साथिहरु हुनुहुन्छ । श्रमिक साथिहरुको समस्या नै हाम्रो मुख्य चुनौती हो । अहिले पनि दैनिक रुपमा हजारौं साथिहरु अंगभंग भइरहनुभएको छ । सयौं साथिहरुले मृत्युवरण गरिरहनु भएको छ । ति शबहरु नेपाल ल्याउन नसकिरहेको अवस्था छ । त्यसैले श्रमिक साथिहरुको कल्याणको निम्ति हामी लागि पर्नेछौं । अहिले पनि विदेशमा बस्ने नेपालीले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रको ३५ प्रतिशत हिस्सा ओगटिरहेको छ । हाम्रा साथिहरुलाई दक्ष बनाएर पठाउन सकियो भने, ३५ हैन ५० प्रतिशत अर्थतन्त्रको हिस्सा गैरआवासीय नेपालीहरुले पठाएको रेमिट्यान्सले धान्न सक्छ ।’

पन्तले आफ्ना मुख्य प्रतिबद्धताका रुपमा पाँच मन्त्र अगाडि सारेका छन् । जसमा लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगो संगठन तथा व्यापक सहभागीता उनका पाँच मुल मन्त्र रहेका छन् ।

त्यस्तै स्वदेशको समृद्धी र लगानी सम्बन्धमा देशमा सामुहिक तथा व्यक्तिगत लगानी भित्राउने, १० अर्बको लगानीलाई मूर्तरुप दिने, विज्ञ सम्मेलनका निष्कर्ष कार्यान्वयनका लागि निरन्तरता दिने पनि उनले प्रतिबद्धतामा बताएका छन् ।

पर्यटकीय आकर्षक गन्तव्यको प्रचार प्रसारका लागि विशेष योजना ल्याउने, पर्यटन वर्ष २०२० सफल बनाउनका लागि सिंगो गैरआवासीय नेपालीको शक्ति र संजाल परिचालन गर्ने लगायतका प्रतिबद्धता जाहेर गरेका छन् ।


त्यस्तै बैदेशिक रोजगारीका सम्बन्धमा वैदेशिक रोजगारीका विद्यमान समस्या र समाधानका बारेमा स्वेतपत्र तयार गर्ने र त्यसैको आधारमा नेपाल सरकारसँगको समन्वयमा लागू गर्ने ।  वैदेशिक रोजगारीमा जानु अघि नै सीपयुक्त बनाई अन्तराष्ट्रिय श्रम बजारमा नेपाली जनशक्तिको सेवा सुविधा र मर्यादा अभिवृद्धिका प्रभावकारी कार्यक्रमहरु नेपाल सरकारको समन्वयमा संचालनमा ल्याउने ।

विदेशमा समस्यामा पर्न सक्ने नेपालीको उद्धार र राहतका लागि नेपाल सरकारसँग समन्वय गरेर वैदेशिक रोजगार राहत कोष वृद्धि गर्ने लगायतका प्रतिबद्धता जाहेर गरेका छन् ।


पन्तले संविधान अनुसार गैरआवासीय नेपाली नागरिकता पाउने अधिकार शीघ्र कार्यान्वयनका लागि विशेष पहल गर्ने, विदेशमा रहेका नोपलीको मतदानको अधिकार सम्बन्धी व्यवस्थाको व्यवहारिक कार्यान्वयनमा लागि पर्ने, संसारका कुनै पनि मुलुकमा रहेका नेपालीलाई संघमा आवद्ध हुने निःशुल्क सदस्यता पञ्जीकरणका लागि पहल गर्ने, नयाँ पुस्ताका नेपालीलाई संघमा आकर्षित गर्ने, महिलाको उपस्थिति, सहभागीता र नेतृतवई व्यापक तथा शसक्त बनाउने, संघको विधि विधान र संस्थागत प्रक्रियालाई अनुशरण गर्ने, निर्वाचनका क्रममा नेतृत्व चयनका लागि आफू बस्ने देशबाटै अनलाइन भोटिङको व्यवस्था गर्न लागिपर्ने, संस्थाको समय सापेक्ष विकास गर्न भिजन २०२० को प्रस्ताव कार्यान्वयनको पक्षमा दृढ रहने, संघका चालु परियोजनाको निरन्तरता समापन र हस्तान्तरणलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता पनि जाहेर गरेका छन् ।

संघले आफ्ना मूल्य, मान्यता र परिकल्पनामा रहेर अगाडि बढाउन खाजेको परियोजनामा एनआरएनएको स्रोत र साधनले मात्र नपुग्ने भएमा अन्तराष्ट्रिय संघ संस्थासँग सहकार्य गरिने, भूतपूर्व गोर्खाहरुको समान हक, हित र अधिकारका लागि बिट्रीस गोर्खाहरुको मागको पक्षमा उभिने, गैरआवाीय नेपालीका समस्या, चासो र सरोकारलाई उच्चस्तरबाट सम्बोधन गर्न नेपालको राजनीतिक नेतृत्वसँग नियमित सम्पर्क र प्रभावकारी समन्वयका निम्ति स्थायी संयन्त्र स्थापनाका लागि प्रयासरत रहने लगायतका २० बुँदे प्रतिबद्धता घोषणा पत्रमा उल्लेख गरेका छन् ।

उक्त घोषणा कार्यक्रमको संचालक एनआरएनएका पुर्व उपाध्यक्ष रामेश्वर शाहले गरेका थिए भने कार्यक्रममा एनसीसी युएईका अध्यक्ष प्रकाश कोइरालाले गल्फमा रहेका मजदुरका समस्या समाधानमा नेतृत्व कटिबद्ध भएर लाग्नुपर्ने बताएका थिए भने साउदीबाट आइसीसी सदस्य राजु शैयदले साउदीको तर्फबाट पन्तलाई सर्पोट रहेको घोषणा गरेका थिए ।

कार्यक्रममा उपाध्यक्षका उम्मेदवारहरु अमेरिकाबाट सोनाम लामा, बेल्जियमबाट अर्जुन कुमार श्रेष्ठ, कतारबाट नरेन्द्र भाट, जापानबाट किरण थापा, कतारबाट सचिवका उम्मेदवार आरके शर्मा, मकाउका मुकेश बरुवाल, कुवेतबाट धर्मराज गिरी लगायतको पनि उपस्थितिरहेको थियो ।

 

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…