back

टोल-टोल सफागर्ने अष्ट जको उद्घोष, बालुवाटारमा सफाइ अभियान सुरु

वि.सं.२०७६ असोज ४ शनिवार

276 

shares
NTC AD
Global IME AD

४ असोज, काठमाण्डौं । अष्ट ज अभियान नेपालका अध्यक्ष लोककृष्ण भट्टराईले टोल सफाई अभियानमा बालुवाटारबाट सहभागितासँगै अव काठमाण्डौंको टोल–टोलमा अष्ट ज अभियानले सफाई कार्यक्रम अघि बढाउने उद्घोष गरेका छन् ।

काठमाण्डौंको बालुवाटार स्थित किर्तन चोकमा जम्मा भएका स्थानीयवासी र अष्ट ज अभियन्ताहरुलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले जल, जमिन, जगल, जडिबुटी, जलवायू, जनावर, जनशक्ति र जराजुरीको पहिचान देखि व्यवसायीक उत्पादन र न्यायोचित वितरणमा लागेको अष्ट ज अभियान अव फोहोर सफाइका लागि टोलवासीको सहयोगी र स्वयमसेवक बन्ने उद्घोष गरेका हुन् ।


किर्तनचोकबाट टुडाँलदेवी, किर्तनचोकबाट राष्ट्र बैंक चोक र किर्तनचोकबाट चाइनीज एम्बेसी सम्म सफाई गरिएको सो कार्यक्रममा इच्छुमति टोल उपभोक्ता समितिका टेक बहादुर भण्डारी, हिक्मत बहादुर चन्द, हजुरी चन्द, कमल स्वाँर, श्रवण काफ्ले, दीर्घ बहादुर चन्द, अंगद, राम प्रसाद न्यौपाने लगायतका स्थानीय वासीहरुको उपस्थिति रहेको थियो भने अष्ट ज अभियानका अध्यक्ष लोक कृष्ण भट्टराई, महासचिव निलकण्ठ तिवारी, सचिव चन्दा थापा, दिपक दाहाल, सहकारीका सचिव प्रकाश नेपाल, संचालक हिमाञ्चल भट्टराई, अभियन्ताहरु चन्द्र पौडेल, नविना खड्का, भुपराज भुसाल, फर्शुराम भुर्तेल र सावित्री भट्टराईलगायतका अभियन्ताको सक्रिय सहभागिता रहेको थियो ।

किर्तनचोकबाट ७ बजे सुरु गरी ९ बजे सम्म संचालित सो सफाई कार्यक्रममा स्थानीयवासीहरुलाई जागरण संप्रेषण गरिएको थियो ।

वि.सं.२०७६ असोज ४ शनिवार ११:०५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पाल्पाकी युवती हत्याका अभियुक्त सार्वजनिक

पाल्पाकी युवती हत्याका अभियुक्त सार्वजनिक

रामपुर (पाल्पा) । प्रहरीले १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक...

अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश

अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश

दी हेग (नेदरल्यान्ड) । नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले...

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी...

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

महेन्द्रनगर (कञ्चनपुर) । सुदूरपश्चिम प्रदेशमा विगत साढे तीन वर्षको अवधिमा...

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको...

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले फूल तथा...