Sansar News- Nepal's Fast Khabar Online News Portal

तपाईलाई रातभर निन्द्रा लाग्दैन ? त्यसो भए यी हुन् कारण

संसार न्यूज़
३ महिना पहिले
तपाईलाई रातभर निन्द्रा लाग्दैन ? त्यसो भए यी हुन् कारण

धेरै मानिसहरु रातभर निद नलागेको बताउँछन् । रातभर निद नलाग्ने र दिनभर निद नपुगेका कारण काममा असहजता भोग्नुपरेको धेरैले सुनाउँछन् । यस्तो हुँदा हामी धेरै विमारबाट घेरिएका पनि हुन्छौं ।

धेरै मानिसहरुमा खानपिन तथा गलत बानी र जीवनशैलीका कारण पनि नीद नआउनुको मुख्य कारण मानिन्छ । साथै हर्मोनमा भएको परिवर्तनले पनि केही मानिसमा कम नीद लाग्ने समस्या हुन्छ ।

सामान्यत : एक वस्यक मानिसका लागि दिनमा ६–७ घण्टा निदाउन जरुरी हुन्छ भने बृद्ध मानिसहरु ८ देखि ९ घण्टा सुत्न जरुरी रहेको स्वस्थ्यविज्ञहरुको भनाई छ ।

यदि दिनहुँ प्रयाप्त मात्रामा सुत्नु भएन भने यसले ब्लड प्रेसर, डाइबेटिज, मोटोपन र मुटु सम्बन्धी समस्या हुने खतरा बढ्दै जान्छन् । साथै केही त्यस्ता खाद्य पदार्थहरु पनि छन् जो तपाइको निद बिगारीदिन्छ र तपाइ स्लीप एप्नियाको शिकार पनि बन्न सक्नुहुन्छ ।
रातको समयमा मांसाहारी खाना नखानुनै राम्रो हुन्छ । रातिको समयमा काम गर्नु नपर्ने तथा आराम गर्नुपर्ने भएकोले मासुरहित खाना पचाउनका लागि समय लाग्छ । यसका साथै यो ध्यान दिन जरुरी छ कि, सुत्नु भन्दा २ घण्टा पहिले रातीको खाना खानु फाइदाजनक हुन्छ । त्यस्तै तपाइ सुत्नु भन्दा पहिले साकाहारी खाना खान सक्नुहुन्छ । हल्का र आरामसँग पच्ने खाना खानु नै राम्रो हुन्छ । रातको समयमा धेरै खाना खादा पेट सम्बन्धी समस्या पनि बढ्छ ।

आइसक्रिम-सुत्नु भन्दा पहिले आइसक्रिम नखानु नै राम्रो हुन्छ । आइसक्रिममा फ्याट र चिनीको मात्रा ज्यादा हुने भएकोले शरीरमा पुगेर हिट हुने र यसले उर्जाको संचार हुन्छ । यसकारण पनि निद हराउनु स्वभाविक मानिन्छ ।

कफी-राती सुत्नु भन्दा पहिले कफी नपिउनु नै राम्रो हुन्छ । यसले तपाइको निद खलबल्याइदिन्छ । कफी पिएपछि पहिलो समयमा राम्रोसँग निद नलाग्ने तथा निद लागेपनि पटक–पटक डिस्टर्व हुन्छ । त्यसकारण कफीले तपाइको नीद भगाउने काम गर्दछ ।

अल्कोहल सेवन –धेरै मानिहरुमा रातमा अल्कोहल पिउने बानी बसेको हुन्छ । उनीहरुलाई यस्तो लाग्छ कि, अल्कोहलको सेवनले रातमा राम्रोसँग निद आउँछ । तर यो गलत हो । अल्कोहल सेवनले निद आउने प्राकृतिक प्रक्रियामा नकरात्मक असर पु¥याउँछ । अल्कोहल पिएर निदाउँदा विहान उठ्दा अन्य दिनमा जस्तो स्फूर्ति र ताजगी मिल्दैन् । उनीहरु धेरैपटक अल्कोहल पिएकै कारण राम्रोसँग निद लागेको सम्झन्छन् ।

डार्क चक्लेट –डार्क चक्लेटमा क्याफिनको मात्रा बढी हुने भएकोले त्यसले तपाइको शरीरमा बुस्ट अप गरिदिन्छ । साथै धेरैपटक डार्क चक्लेटमा थियोब्रोमाइन पनि मिलाइएको हुन्छ यसले मुटु धड्काउने काम र शरीरलाई उर्जा पनि प्रदान गर्छ । यस्तो अवस्थामा केही समस्या पनि आउँछ । साथै बिहान उठ्दासाथ तातो–तातो एक कप कफी वा चियाले हामीलाई ताजापन महसुस गराइदिन्छ । यसको केही फाइदा पनि छन् । हाल भएको एक अनुसन्धान अनुसार दिनहुँ तीन या यो भन्दा बढी कफी या चिया पीएर ६५ वर्ष भन्दा बढी उमेरका महिना आफ्नो स्मरण शक्ति घटाउने रफ्तारमा लगाम लगाउन सक्ने बताइन्छ ।

अमेरिकन एकाडेमी अफ न्युरोलोजीमा छापिएको अध्ययन अनुसार कफीमा पाइने क्याफिन यसको लागि जिम्मेवार हुन्छ । तीन कप भन्दा बढी कफी र चिया पिउने महिलाको स्मरणशक्ति एक कप चिया पिउने महिलाको भन्दा बढी हुन्छ । अनुसन्धान अनुसार ८० या यो भन्दा बढी उमेरकी महिलाको स्मरणशक्ति सक्रिय अवस्थामा राख्न क्याफिनको महत्वपूर्ण भूमिका रहन्छ ।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…