Sansar News- Nepal's Fast Khabar Online News Portal

पाथिभरा माताको दर्शन गरेर जान्नुहोस् तपाईको आज (असोज ५ गते) को राशिफल

संसार न्यूज़
२ महिना पहिले
पाथिभरा माताको दर्शन गरेर जान्नुहोस् तपाईको आज (असोज ५ गते) को राशिफल

मे-चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला । सहयोगीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । अप्ठ्यारो पर्दा साथ दिने थोरै हुनेछन् । बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ । मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् । काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला । बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ ।

बृष-इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । बोली–व्यवहारमा अलि सजग रहनुपर्ला । हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । नियमित काममा भने साबिकजस्तै फाइदा भइरहनेछ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । विवादास्पद जिम्मेवारी आउनाले सावधानीले मात्र कार्य्सिद्धि हुनेछ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह

आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।

कर्कट-हि, हु, हे, हो, डा, डि, डु, डे, डो

खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ । दिगो योजनाका लागि ऋण लिने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि उपलब्धि हातपार्न सकिनेछ । शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ । तर सानो कामलाई अत्यधिक खर्च हुनेछ । बेसुरको निर्णयले पछिलाई समस्या पर्न सक्छ । छर–छिमेकमा असमझदारी बढ्नेछ । आफन्त पनि टाढा हुनेछन् ।

सिंह-मा, मि, मु, मे, मो, टा, टि, टु, टे

कर्मयोगबाट विशेष फाइदा हुनेछ । व्यापार बढ्नेछ भने साझेदारीबाट लाभ मिल्नेछ । प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ । नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ ।

कन्या-टो, प, पि, पु, ष, ण, ठ, पे, पो

उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ला । काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ । मिहिनेतले आंशिक सफलता प्राप्त हुनेछ । आर्थिक फाइदा कमै भए पनि कामले ज्ञान दिलाउनेछ । आफ्नो कमजोरी बाहिरिनाले आलोचकहरू बढ्न सक्छन् । अरूको उपकार गर्न सकिनेछ । तर धेरै समर्पणले पनि स्वाभिमानमा दाग लाग्न सक्छ । लगनशीलताले मात्र लक्ष्यमा पुग्न सकिनेछ ।

तुला-र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रयत्न गर्दा अवसर पाइनेछ । परोपकारी काममा सहभागी भइनेछ । तर आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन् । धेरै समय अरूका लागि जुट्नुपर्नेछ । लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला । श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र प्राप्त हुने देखिन्छ । तापनि पुराना कामलाई निरन्तरता दिन सकिनेछ । व्यवसायतर्फ हिसाबकिताबमा होसियार रहनुहोला ।

बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु

व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । बेसुरमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ । समयमा गम्भीर नबन्दा व्यर्थैमा दुःख पाइनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । कामको चाप बढे पनि समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् ।

धनु-ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

माहोल रमाइलो रहनेछ र छोटो समयमा फाइदा उठाउन सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने विशेष उपहारले काममा उत्साह जगाउनेछ । अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ । विवादबाट टाढा रहने प्रयत्न गर्नुहोला । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

मकर-भो, ज, जि, खि, खु, खे, खो, गा, गि

विवादास्पद काममा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । अवसरवादीहरूबाट सजग रहनुहोला । धेरै सक्रियता स्वास्थ्यका लागि बाधक बन्न सक्छ । चुनौतीपूर्ण जिम्मेवारी आए पनि बुद्धि–विवेकले काम सम्पादन गर्न सकिनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्याउन सक्छ । प्रयत्न गर्दा आंशिक लाभ हुनेछ ।

कुम्भ-गु, गे, गो, सा, सि, सु, से, सो, द

अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ । तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला । चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्य–चिन्ताले सताउन सक्छ । अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । नयाँ काम थाल्न शुभचिन्तकहरूले मात्र साथ दिनेछन् ।

मीन-दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आवेशमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुपर्ला । ईर्ष्या गर्नेहरूले नै काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । मिहिनेत गर्दा जटिल ठानिएको काम पनि सम्पादन हुनेछ । रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला । स्वयं नजुट्दा काम बिग्रनेछ ।

वि.सं. २०७६ असोज ५ गते आइतबार (२०१९ सेप्टेम्बर २२)
लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…