back

बैंक अफ काठमाडौँका पूर्वप्रमुख कार्यकारी अधिकृतसहित ११ जना पक्राउ खोलाको जग्गा धितो राखेर ऋण प्रदान

वि.सं.२०७६ असोज ५ आइतवार

195 

shares
NTC AD
Global IME AD

५ असोज, काठमाण्डौं । पूर्व झापास्थित बगिरहेको खोलाको जग्गा धितो राखेर ऋण दिएको अभियोगमा बैंक अफ काठमाडौँका पूर्वप्रमुख कार्यकारी अधिकृतसहित ११ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र ऋणी सुरेन्द्र श्रेष्ठसहित केही बैंकका पूर्वकर्मचारी र केही बहालवाला कर्मचारी गरी ११ जना छन् ।
उनीहरुले मिलेमतोमा बगिरहेको खोलाको नक्कली कागजात बनाएर सुरेन्द्र श्रेष्ठलाई ऋण दिएको प्रहरीको अनुसन्धानमा खुलेको छ । विभिन्न मितिमा पक्राउ गरिएका उनीहरुको विषयमा अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।
प्रहरीका अनुसार अभियुक्त घटनामा संलग्न रहेको आरोपमा यसअघि नै अन्य व्यक्ति पक्राउ परेको र गत शुक्रबार मात्रै बैंक अफ काठमाडौँका तत्कालीन प्रमुख श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालेको प्रवक्ता पाण्डेले जानकारी दिए । उनीहरुविरुद्ध बैंकसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुले तीन वर्षअघि खोलाको जग्गा धितो राखेर रु चार करोड ५० लाख ऋण दिएको खुल्न आएको छ ।
कमसल र नक्कली कागजात प्रयोग गरी खोलाको जग्गा धितो राखेर ऋण दिएको प्रहरीले जनाएको छ । बैंकसम्बन्धी कसुर मुद्दामा ६० दिनसम्म प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्नसक्ने कानूनी व्यवस्था छ । “नक्कली र कमसल धितो राखेर ऋण प्रवाह गरी बैंकलाई हानी नोक्सानी गराएको पाइयो, ऋणी सुरेन्द्र श्रेष्ठले पैसा नतिरेपछि उजुरी परेको थियो, अहिलेसम्म विभिन्न मितिमा पक्राउ गरेकासहित गरेर ५० दिन अनुसन्धान भइसकेको छ, अब १० दिनभित्रमा मुद्दा दर्ता हुन्छ”, प्रहरी उपरीक्षक पाण्डेले भने । (रासस)

वि.सं.२०७६ असोज ५ आइतवार १४:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

खजुरा (बाँके) । बाँकेमा ‘बिहेवारी बीस वर्षपारि’ अभियानलाई सफल बनाउन...

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको...

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

हेटौँडा (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम...

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

  चीन । यस वर्ष सन् २०२४ को बोआओ फोरमको...

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी...

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विश्वमा शान्ति, सद्भाव र...