Sansar News- Nepal's Fast Khabar Online News Portal

यस्तो छ हेर्नुहोस् तपाईको आज (असोज ८ गते) को राशिफल

संसार न्यूज़
३ हप्ता पहिले
यस्तो छ हेर्नुहोस् तपाईको आज (असोज ८ गते) को राशिफल

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ । बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउनेछ । तत्कालको सानो फाइदा हेर्दा पछुतो हुनेछ । आफन्त टाढिनेछन् भने काम बिग्रने डरले सताउनेछ । साझेदारीमा समस्या आउनेछ, योजना गोप्य राखेर अघि बढ्नुहोला । मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउलान् ।

बृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ । रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह

वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । भैपरी आउने कामले योजना स्थगित हुन सक्छ । आत्मविश्वासको कमीले पछि परिनेछ । बलजफ्तीले आफैंलाई अप्ठ्यारो पर्न सक्छ । ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला । खर्च हुने डरले सताउन सक्छ । आफ्ना सूचनासम्बन्धी गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा हुनेछ । तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा लिन सकिनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ । मिहिनेतले नाम र दाम दिलाउनेछ ।

सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे

व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ । जटिल कामले लोभ्याउनेछ तर खर्च पनि उत्तिकै लाग्नेछ । पाउमा चोटपटक लाग्न सक्छ । परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ । बलजफ्तीले पनि काम बिग्रन सक्छ । देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । छर–छिमेकमा असमझदारी देखिएला । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो

मनग्गे धन आर्जन हुनेछ र विभिन्न स्रोत–साधन जुट्नेछन् । आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ । श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ । मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्नेछ ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते

पुरुषार्थी काम प्रारम्भ हुनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । भेटघाटले काममा उत्साह बढाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मान–सम्मान प्राप्त होला । मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ । दिगो फाइदा हुने काम प्रारम्भ होला । प्रतिष्ठित कामले धेरैको मन जित्न सकिनेछ ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ । बाध्यताले अलमल्याउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ । सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ । चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ । आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ । गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला ।

मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । छोटो समयमा फाइदा उठाउन सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । परिवारजनको साथले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ । व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
चुनौती पन्छाएर काम बनाउन सकिनेछ । प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा दिलाउनेछ । ईर्ष्या गर्नेहरूलाई मिहिनेतको पाठ सिकाउन सकिनेछ । स्रोतसाधन जुट्नाले जटिल काम समेत सम्पादन गर्न सकिनेछ । पुरुषार्थले समाजमा स्थापित बनाउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्ला । स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ । समयको गतिलाई पछ्याउन नसक्दा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । धैर्य एवं लगनशीलताले मात्र उपलब्धि दिलाउन सक्छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…