back

चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य हुँदैन-नेता खाँड

वि.सं.२०७६ असोज ८ बुधवार

225 

shares
NTC AD
Global IME AD

८ असोज, चितवन । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य बालकृष्ण खांँणले चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य नहुने बताएका छन ।

प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली जनताले कम्युनिष्ट शासन ल्याउन भोट नहालेको बताए । नेपालको संविधानमा बहुल पार्टी हुने उल्लेख भएको भन्दै उनले चीनमा जनताले मतदान गर्न नपाउने बताए ।

सरकारले चिनियांँ राजनीति नेपालमा भित्र्याउन खोजेको आरोप लगाउँदै उनले चिनियांँ राजनीति भित्र्याए स्वयं कम्युनिष्टलाई नै घातक हुने बताए । उनले भने, “संसारमा चीनको जस्तो शासन कहींँ पनि छैन । चीनमा एकमात्र चिनियाँ कम्युनिष्ट पार्टी छ जसले लोकतन्त्रलाई कदापी स्वीकार्दैन ।”

सरकारले मिडियालाई अङ्कुशमा राख्न मिडिया विधेयक पास गर्न खोजेको भन्दै काङ्ग्रेसले जस्ताको तस्तै विधेयक पास गर्न नदिने खाँणले बताए । पत्रकारिता स्वतन्त्र र सबल रहेको देशमा लोकतन्त्र पनि बलियो रहने भन्दै उनले लोकतन्त्रको रक्षा र स्वतन्त्र पत्रकारिताको पक्षमा नेपाली काङ्ग्रेस रहेको बताए ।

काङ्ग्रेसले देशव्यापीरूपमा दोस्रो राष्ट्रिय जागरण अभियान उत्साहजनकरूपमा सफल पारेको भन्दै उनले अब स्थानीय तहसम्म पुग्ने गरी तेस्रो जागरण अभियान छिट्टै शुरु गरिने बताए । नेता खाँणले कालीगण्डकी डाइभर्सन गरेर सबै पानी तिनाउमा लान नखोजेको भन्दै यसले प्रभाव पार्ने नपार्ने विषयमा अध्ययन भइरहेको बताए । प्राकृतिक स्रोत भएका ठाउँबाट नभएका ठाउँमा लैजानु सामान्य भए पनि त्यसले प्रभाव पार्ने देखिएमा विचार गर्नुपर्ने उनको भनाइ थियो । (रासस)

वि.सं.२०७६ असोज ८ बुधवार १५:०८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको...

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

हेटौँडा (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम...

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

  चीन । यस वर्ष सन् २०२४ को बोआओ फोरमको...

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी...

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विश्वमा शान्ति, सद्भाव र...

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा...