back

काङ्ग्रेस कर्मशील हुनुपर्छ : नेता पौडेल

वि.सं.२०७६ असोज ९ बिहीवार

111 

shares
NTC AD
Global IME AD

९ असोज, लमही । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले काङ्ग्रेसलाई किन पत्याएनन् भनेर आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताएका छन ।

प्रजातान्त्रिक उद्योगी व्यवसायी सङ्घ तुलसीपुरले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट तथा स्वागत कार्यक्रममा उनले पार्टीले लिएको सिद्धान्त सबैले स्वीकार गर्नुपर्ने र पार्टीले निर्वाचनमा हार व्यहोर्नुपर्ने अवस्था आएकाले अब सबै नेता कार्यकर्ता सच्चिनुपर्ने धारणा राखे । “अब सबै नेता कार्यकर्ता पार्टीका हितमा लाग्नुपर्छ, नेतृत्व पनि कार्यकर्तामुखी हुनुपर्छ’’ पौडेलले भने ।

उनले कुनै एउटा नेताको फेर समाएर मात्र पार्टी बलियो नहुने भन्दै अब काङ्ग्रेस कर्म्शिल हुनुपर्ने बताए । ‘‘यो महाधिवेशन पार्टीका लागि अग्नि परीक्षाको घडी हो, काङ्ग्रेसको भविष्य निर्धारण यसैले गर्नेछ, यसमा सबैले ववेक पु¥याउनुपर्छ’’, पौडेलले भने । नेता पौडेलले अहिलेको कम्युनिस्ट सरकारले केही चमत्कार गर्छ कि भन्ने आशा जनताले र आफूहरुले लिए पनि त्यो आशा निराशामा परिवर्तन हुँदै गएको बताए । ‘‘दुई तिहाइको सरकार अहिले अल्मलिएको छ, राष्ट्रको विकास र समृद्धिको यात्रा काङ्ग्रेसले नै गर्छ ’’ उनले भने । (रासस)

वि.सं.२०७६ असोज ९ बिहीवार १२:५५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चितुवाको आक्रमणबाट युवक घाइते

चितुवाको आक्रमणबाट युवक घाइते

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चितुवाको आक्रमणमा परी आज...

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि

अर्घाखाँची । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१...

कतारी राजाको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह

कतारी राजाको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह

भैरहवा (रुपन्देही) । नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका...

मनग्ये उत्पादन हुने भएपछि चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो

मनग्ये उत्पादन हुने भएपछि चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो

घोराही (दाङ) । बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस...

तीन महिनादेखि ठप्प सामुदायिक वनको काम

तीन महिनादेखि ठप्प सामुदायिक वनको काम

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–३ बैजापुरस्थित बागेश्वरी सामुदायिक...

आगोले घरसहित अन्नपात र लत्ताकपडा खरानी बनाएपछि १६ परिवारको बिचल्ली

आगोले घरसहित अन्नपात र लत्ताकपडा खरानी बनाएपछि १६ परिवारको बिचल्ली

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ रातामाटाकी बसन्ता मल्ल आइतबार घरको...