back

यसकारण राजेन्द्र अर्याल (जोन) को मध्यपूर्व उपसंयोजकमा उम्मेद्ववारी

वि.सं.२०७६ असोज १० शुक्रवार

111 

shares
NTC AD
Global IME AD

१० असोज, साउदी । गैरआवासीय नेपाली संघको आगामी (२०१९–२०२१) कार्यकालको लागि राजेन्द्र अर्याल (जोन) ले मध्यपूर्व उपसंयोजकमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

संघको अन्तर्रा्ष्ट्रिय महाधिवेशन यहि अक्टोबर १५ देखी १७ सम्म काठमाडौंमा हुने भएको छ । उक्त महाधिवेशनमा मध्यपुर्व उपसंयोजकको पदमा उम्मेदवारी घोषणा गर्दै अर्यालले आफ्नो १५ बुँदे घोषणा पत्र जारी गरेका छन् । उक्त घोषणा पत्र निम्न लिखित रहेको छ ।

घोषणा पत्र

१-एनआरएनका उद्देश्यहरु प्राप्तिका लागि यो अभियानको एक सक्रिय सदस्यका रुपमा आफूलाई उभ्याउने छु ।

२- एनआरएनका साझा उद्देश्यहरु लक्षित समुहमा पुर्याउन सक्रिय रहनुका साथै मध्यपुर्वका नेपालीको हितमा उच्चतम कार्य गर्न गराउन पहल गर्नेछु ।

३-मध्यपूर्व उपसंयोजकको पदिय जिम्मेबारी इमान्दारीपूर्बक निर्वाहमा संस्था र प्रबासी कामदार प्रतिको मेरो दायित्व निष्पक्ष र सबैप्रति समभाब राख्नेछु ।

४- बिश्वका अरु देशका एनआरएन र केन्द्रसँगको सम्पर्क, सहकार्यमा आफ्नो तर्फबाट गर्नुपर्ने सम्पूर्ण काममा सक्रिय रहनुका साथै यहाँका समस्याहरुको निराकरणका लागी बिशेष भुमिका खेल्नुकासाथै केन्द्रमार्फत उक्त समस्याको निराकरणका लागी स्पष्ट कार्य नीति तर्जुमा गर्न पहल गर्नेछु ।

५- बिद्यमान असंख्य संघ संस्थाहरूलाइ एनआरएनसँग जोडिन पहल गर्नेछु । मध्यपूर्वमा रहेका अन्य सामाजिक संस्थाहरुसँग समन्वय, सहकार्य गरी सुमधुर सम्बन्धको बिकास गर्दै हाल रहेका र भबिष्यमा आइपर्ने समस्याहरु सामुहिक पहलको आधारमा समाधान गर्ने परम्पराको विकासमा टेवा दिनेछु ।

७-बैदेशिक रोजगारीमा आएका हामी सबै मजदुर नै हौ । त्यसैले एनआरएनलाई मजदुरमुखि र तिनको हकअधिकारको सुरक्षा गर्दै, मजदुरमैत्री एनआरएनए बनाउनमा पहल गर्नेछु ।

सरकककारवालाहरू गम्भिर ध्यानाकर्षण गराउने र अनुगमण गर्ने।

८- बैदेशिक रोजगार ऐन २०६४ परिच्छेदको दफा ३४,३५,३६,३७ मा स्पष्ट उल्लेख गरिएको रोजगारदाताले करार अनुसारको सेवा शर्त पालना नगर्दा पाइने न्याय तथा क्षतिपुर्तिको अधिकार परिच्छेद ९ को धारा ५३ अनुसार नेपाल सरकारले तोकिदिएको सेवा शुल्क भन्दा बढि लिएमा हुने सजाय जस्ता प्रशस्त कानुन कामदारको हकमा छदाँछदै पनि नेपाल सरकार,बेदेशिक रोजगार बिभागले उपरोक्त कानुनको कडाइकासाथ पालना गर्न गराउन र पिडित कामदारलाइ न्याय र क्षतिपुर्ति दिलाउन सरोकारवालाहरू गम्भिर ध्यानाकर्षण गराउने र अनुगमण गर्ने ।

९–मर्यादित बैदेशिक रोजगार र श्रमको उचित ज्यालाको ग्यारेन्टि गर्न कमदारका लागी शिपमुलक कार्यक्रम संचालन गर्न गराउन पहल गर्ने ।

१०– स्थानिय कानुनको पालना र आफ्ना काम कर्तब्य र अधिकार ( करारमा उल्लेखित सेवा सुबिधा नपाएमा कहाँ र कसरि उजुरी गर्ने) बारे सचेतना अभियान चलाउन पहल गर्ने ।

११ -नेपाल भ्रमण बर्ष २०२० तथा अथिति देबो भव अभियानलाई हामी सबैको गर्वको अभियान बनाउनको लागि हरेक मध्यपूर्वका एनआरएन एनसीसीसँग समन्वयगर्दै प्रचार, प्रसार एवं विविध प्रकृतिका कार्यक्रमको तर्जुमा गर्न नेपाल पर्यटन बोर्डसंग समबन्ध सेतु स्थापित गर्दै पहल गर्नेछु ।

१२ -आफू कार्यरत मुलुकका नागरिकहरूलाइ नेपाल भ्रमणमा जान अभिप्रेरणा जगाउने कार्य गर्ने छु ।

१३- नेपाल सरकारका संबन्धित निकाय, एनआरएन र बिदेश स्थित कुटनैतिक नियोग संग समन्वय र सहकार्य गरि नेपाल र नेपालीका हकहितमा खट्नेछ ।

१४ -गैर आबासिय नेपाली संघको अभियानलाइ तल्लोतह सम्म पुर्याउन पहल गर्नेछु ।

१५- दुई दशकको प्रवास बसाइ र एनआरएनए अभियानबाट आर्जन गरेको ज्ञान र शिक्षालाई सही सदुपयोग गरी प्रवासी नेपाली श्रमिकको हितमा काम गर्नेछु ।

अन्तमा उनले भनेका छन् “यस अभियान मार्फत नेपाल र नेपालीको हितमा कार्य गर्नका तपाईहरुको साथ र सहयोगको अपेक्षा गर्दै मध्यपूर्व उपसंयोजक पदमा बिजयी गराउनुहुन हार्दिक अनुरोध गर्दछु ।’

वि.सं.२०७६ असोज १० शुक्रवार १७:४० मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...