Sansar News- Nepal's Fast Khabar Online News Portal

मुलुकको राजनीतिको मूल एजेन्डा भ्रष्टाचारको उल्मूलन हुनुपर्छ

भिम उपाध्याय,
४ महिना पहिले
मुलुकको राजनीतिको मूल एजेन्डा भ्रष्टाचारको उल्मूलन हुनुपर्छ

अहिले मुलुकको राजनीतिको मूल एजेन्डा संघीयता, लोकतन्त्र, वा धर्म निरपेक्षता हैन, ब्याप्त घोर भ्रष्टाचारको उल्मूलन हो ।

जबसम्म यसको नाकमा नत्थी लगाउन सकिदैन, यहाँ कुनै पनि बाद टिक्दैन न टिकेको छ, न बिकास र समृ्द्धि हुनेछ ।

जसले अगुवाई गरे पनि भ्रष्टाचार बिरूद्धको अभियानमा निशर्त सबैले साथ दिनुपर्छ । यो वा त्यो, यसले वा उसले , यो बाद् वा उ बादूले गरेको भनेर हेर्ने हैन । मूल कुरा भ्रष्टाचार हो । यो भए पछि, यही नै अहिलेको ज्वलन्त राष्ट्रिय सहमतिको न्युनतम एजेण्डा हुनुपर्छ ।

भ्रष्ट देशमा असल सक्षम र ईमान्दार युवाहरू बिदेश पलायन हुन्छन्, प्रतिभाहरू परदेशिन्छन्, लखेटिन्छन् । परिवारमा अभिभावकहरू बूढेसकालमा सन्तान पलायन भएकाले दुःखी र असहाय बन्छन् ।

स्वच्छ वा ईमानदार देशमा भ्रष्टहरू कुलेलम् ठोक्छन् । स्वर्ग भनेकै भ्रष्टहरूको रूवाबासी र भ्रष्टाचारको उल्मूलन हो, ईमानदारहरुको सम्मान हुने हो । देशको माया छ, सही मानेमा परिवार र समाजमा सुख शान्तिको चाहना छ भने, शान्तिपूर्ण र एकलब्य बनेर निशर्त भ्रष्टाचारबिरूद्धमा लागि पर्नु सबै नेपालीको अहिले परम धर्म र कर्तब्य हो ।

जसले यसको बेडा उठाओस्, उसको होस्टेमा हैसे गरिएन भने सधै धूर्तहरूको फन्दामा परेर नारकीय जीवन जिउनुको बिकल्प रहदैन ।

भ्रष्टाचार र यसको बिरोधीहरुको बिरूद्धको आक्रमण दुबै खतरनाक छ । भ्रष्टाचार बिरूद्धको आन्दोलन खतरनाक छ, सही हो ।
नेताहरूका निम्ति यो झन् भयंकर खतरनाक छ । नेताहरूका मतियार कर्मचारी, ब्यापारी, एनजीओ र डनहरूका निम्ति खतरनाक छ ।

भ्रष्टाचार बिरूद्धको आन्दोलनका बिरूद्धमा खतरामा परेकाहरू एकजुट हुन्छन् नै, त्यो पनि खतरा नै हो । भ्रष्टाचार संघीयता तथा लोकतन्त्रका निम्ति झन खतरनाक छ । भ्रष्टाचारबाट पालित पोषितहरूले संगठित रूपमा भ्रष्टाचारबिरोधीको बिरूद्ध आक्रमण गर्छन् नै, यो स्वाभाविक खतरा हो ।

उपाध्याय, नेपाल सरकारका पूर्वसचिव हुन्

सर्बाधिक पढिएको

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति १ हप्ता पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु ४ हप्ता पहिले | संसार न्यूज़

लामो समयदेखि प्रचण्डपथीय राजनीतिमा क्रियाशील केही नेता तथा राजनैतिक व्यक्तित्वहरु…

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका २ हप्ता पहिले | संसार न्यूज़

३ माघ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले…

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन ७ दिन पहिले | संसार न्यूज़

माघ, काठमाडौँ । शिक्षक सेवा आयोग नियमावली २०५७ को दशौ…