Sansar News- Nepal's Fast Khabar Online News Portal

४९६ को निःशुल्क स्वास्थ्य उपचार

संसार न्यूज़
३ हप्ता पहिले
४९६ को निःशुल्क स्वास्थ्य उपचार

१२ असोज, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका– ७ बोर्लाङमा भएको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ४९६ ले स्वास्थ्य उपचार गराएका छन् । वडा कार्यालय र बरदान हस्पिटल गोरखाको संयुक्त आयोजनामा शनिबार भएको शिविरमा महिलाको पाठेघर, अन्य बिरामीको फोक्सो, कलेजो, आँखा जाँच, उच्च रक्तचाप जाँचलगायतका स्वास्थ्य सेवा प्रदान गरिएको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।

नागरिकमा स्वास्थ्य उपचारको सहज पहुँच पु¥याउन वडा कार्यालयले पटक–पटक शिविरको आयोजना गर्दै आएको उनले बताए । शिविरमा उपचार सेवा लिएकामध्ये १३० ले भिडियो एक्सरे सेवा, ४९ को निःशुल्क दन्त परीक्षण गराएको वडाध्यक्ष श्रेष्ठले बताए । त्यस्तै शिविरमा पाँच गर्भवती महिलाको स्वास्थ्य परीक्षण तथा १८० जनाको ब्लड गु्रपिङ गरिएको थियो ।

शिविरमा आएका अन्यको सामान्य स्वास्थ्य परीक्षणसमेत गरिएकोे थियो । शिविरमा अल्ट्रासोनोलोजिष्ट डा प्रनिस पोखरेल नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले बिरामीको स्वास्थ्य उपचार गरेको हो । गाउँमा चिकित्सक आएर स्वास्थ्य जाँच गर्न पाएपछि स्थानीयवासी खुशी भएका थिए । (रासस)

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…