Sansar News- Online for Global Nepali

मनोज सिग्देलको डेब्यु गीत “आफु भन्दा जेठी” सार्वजनिक

संसार न्यूज़
१ वर्ष पहिले
मनोज सिग्देलको डेब्यु गीत “आफु भन्दा जेठी” सार्वजनिक

१२ असोज, काठमाडौँ । पहिलो नेपाल आइडल बुद्ध लामाले बिभिन्न स्वादका गीत र गजल मार्फत स्रोता दर्शकको मन जित्दै आएका छन् । यस पटक गायक लामाले आफ्नो शैली भन्दा केहि फरक स्वादको “आफु भन्दा जेठी” बोलको गीत सार्वजनिक गरेका छन् । थिम्याटिक भर्सनको यस गीतले अचेल केटीले पैसा बिना कसैलाई भाउ नदिने र आफू भन्दा जेठीलाई प्रेमिका बनाउने चलन आएको भन्ने भाव बोकेको छ ।

यस गीतमा बुद्ध लामा र समिक्षा कोइरालाको युगल गायन रहेको छ । गीतका शब्द मनोज सिग्देल ( युरेश)ले लेखेका हुन् । गीतमा संगीत दिपक आर्जेको रहेको छ भने संगीत संयोजन रिकेश गुरुङले गरेका हुन ।

म्युजिक भिडियोमा सम्पदा बानिया मनोज सिग्देल फिचर्ड छन् । सियोन श्रेष्ठ र युद्ध लामाको कोरियोग्राफीमा तयार भएको यस भिडियोलाई चक्र बहादुर बराल (बाशु) ले छायांकन गरेका हुन् भने सम्पादन बिनोद चौधरीको रहेको छ । सियोन श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

सर्बाधिक पढिएको

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी ७ दिन पहिले | संसार न्यूज़

११ मंसिर, काठमाडौं । नेपाली सेनाले करार सेवामा जनशक्तिको माग…

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना)

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना) १ हप्ता पहिले | संसार न्यूज़

८ मंसिर, काठमाडौँ । बागमती प्रदेश लोक सेवाले ठुलो सङ्ख्यामा…

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित) ४ हप्ता पहिले | संसार न्यूज़

१९ कात्तिक, काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराले उपचारका क्रममा मृत्यु…

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा ३ हप्ता पहिले | संसार न्यूज़

२७ कार्तिक, काठमाडौँ । नेपाली सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा…