Sansar News- Nepal's Fast Khabar Online News Portal

नक्कली फेसबुक अकाउन्टप्रति मुख्यमन्त्रीको ध्यानाकर्षण

संसार न्यूज़
४ महिना पहिले
नक्कली फेसबुक अकाउन्टप्रति मुख्यमन्त्रीको ध्यानाकर्षण

१२ असोज, सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नाउँमा नक्कली फेसबुक अकाउन्ट खोलेर चरित्र हत्याको प्रयास भइरहेकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले आज पे्रस विज्ञप्ति जारी गर्दै उक्त नक्कली फेसबुक अकाउन्टको भ्रममा नपर्न आग्रह गरेका हुन् । स्वकीय सचिव सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सामाजिक सञ्जालको दुरुपयोग गर्दै माननीय मुख्यमन्त्रीको चरित्रहत्या गर्ने तथा आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिगर्ने उद्देश्यका साथ नक्कली आइडीबाट विभिन्न व्यक्ति तथा निकायमा च्याट सम्पर्कमार्फत अवाञ्छित निर्देशन तथा माग गर्ने गरिएको पाइएको छ, यस्तो क्रियाकलापको भ्रममा नपर्न सरकारी तथा गैरसरकारी निकाय, शुभचिन्तक तथा आम जनसमुदायसँग अनुरोध गर्दछौँ ।’’

स्वकीय सचिवालयले नक्कली फेसबुक आइडी प्रयोग गर्ने व्यक्ति पहिचान गरी कानूनी कारवाहीको प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा जानकारी गराइ सकिएकोे जनाएको छ । मुख्यमन्त्रीको व्यक्तिगत फेसबुक अकाउन्टको लिङ्क महेन्द्र डट शाही डट १६५ रहेकाले यसबाहेक उनको नाम जोडेर चलाइएका अन्य आइडीको विश्वास नगर्न आग्रह गरिएको छ ।

सर्बाधिक पढिएको

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति ७ दिन पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु ३ हप्ता पहिले | संसार न्यूज़

लामो समयदेखि प्रचण्डपथीय राजनीतिमा क्रियाशील केही नेता तथा राजनैतिक व्यक्तित्वहरु…

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका १ हप्ता पहिले | संसार न्यूज़

३ माघ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले…

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन ५ दिन पहिले | संसार न्यूज़

माघ, काठमाडौँ । शिक्षक सेवा आयोग नियमावली २०५७ को दशौ…