Sansar News- Nepal's Fast Khabar Online News Portal

कोलम्यानले जिते १०० मिटरको स्वर्ण पदक

एएफपी
३ हप्ता पहिले
कोलम्यानले जिते १०० मिटरको स्वर्ण पदक

१२ असोज, कतार ।  कतारको दोहामा जारी विश्व एथ्लेटिक्स स्पर्धामा अमेरिकी धावक क्रिस्टियन कोलम्यानले १०० मिटर दौडको स्वर्णपदक जितेका छन् ।

जमैकाका विश्वप्रसिद्ध १०० मिटर धावक उसेन बोल्टलाई पछ्याउँदै कोलम्यानले उपाधि जितेका हुन् । बोल्टले यस खेलबाट सन्यास लिइसकेका छन् । यसै महिनाको शुरुमा डोपिङ काण्डमा मुछिएका यी २३ वर्षीय अमेरिकी धावकले १०० मिटरको दूरी ९.७६ सेकेन्डमा पूरा गरेका थिए । यो उनको अन्तर्राष्ट्रिय स्पर्धामा पहिलो प्रतिष्ठित पदक हो ।

एकसय मिटर दौडमा गत वर्षका विजेता जस्टिन ग्याटलिनले सो दौड ९.८९ सेकेन्डमा पूरा गरी दोस्रो स्थानमा चित्त बुझाए । उनी ३७ वर्षका भइसकेका छन् । क्यानडाका आन्द्रे डी ग्रेसले ९.९० सेकेन्डमा दौड पूरा गरी तेस्रो भए ।

डोपिङको शंकामा परेका कोलम्यानले शारीरिक ऊर्जा वृद्धि गर्ने औषधि वा खानेकुरा नलिएको दाबी गर्दै आएका थिए । दोहाको यस प्रतिस्पर्धापछि उनी विश्वकै सर्वाधिक तिब्र गतिमा दौडने छैटौं व्यक्ति भएका छन् ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…