Sansar News- Nepal's Fast Khabar Online News Portal

बीउ प्रशोधन गृह सञ्चालन

संसार न्यूज़
२ महिना पहिले
बीउ प्रशोधन गृह सञ्चालन

१३ असोज, लमही । रुकुमेली एग्रो सीड सेन्टरले तुलसीपुर–६ राजापुरमा बीउ प्रशोधन गृह स्थापना गरी सञ्चालनमा ल्याएको छ । उक्त प्रशोधन गृहको उद्घाटन किसानका लागि उन्नत बीउबिजन कार्यक्रमका कार्यक्रम प्रबन्धक कौशलकुमार पौडेलले आइतबार गरे ।
गुणस्तरीय बीउ उत्पादन प्रशोधन गरी किसानलाई जिल्लामै गुणस्तरीय बीउ उत्पादन गरी बजारीकरण गर्ने उद्देश्यले बीउ प्रशोधन गृह सञ्चालन गरेको रुकुमेली एग्रो सीडका अध्यक्ष निर्मलकुमार आचार्यले जानकारी दिए । नेपाल सरकार कृषि विकास मन्त्रालय किसानका लागि उन्नत बीउबिजन कार्यक्रम तरकारी बीउ प्रशोधन तथा बजारीकरण उपआयोजनाको ५० प्रतिशत सहयोग र संस्थाको ५० प्रतिशत लगानीमा बीउ प्रशोधन गृह सञ्चालनमा आएको हो । रु तीन करोड लागतमा सो आयोजना सञ्चालनमा ल्याएको बताइएको छ ।
सञ्चालक माधव केसीले विभिन्न ठाउँमा छरिएर रहेका एग्रोभेट व्यवसायीलाई समेटी २०६९ सालदेखि रुकुमेली एग्रोसिड सेन्टर सञ्चालन गर्दै आएको र गुणस्तरीय बीउ, उत्पादन प्रशोधन, प्याकेजिङ तथा बजारीकरण गर्दे गुणस्तरीय बीउ स्रोत केन्द्रको रुपमा विकास गर्दै अघि बढेको बताए । हालसम्म सेन्टरले रुकुम, सल्यान, रोल्पा, दाङ जिल्लामा रहेका कृषक समूह, सहकारीले उत्पादन गरेका खाद्यान्न तथा तरकारीको बीउ खरीद गरी दाङ ल्याउने र प्रशोधन केन्द्रबाट बजारीकरण गर्ने बताएको छ ।
कार्यक्रममा नेपाल सरकार कृषि विकास मन्त्रालय किसानका लागि उन्नत बीउबिजन कार्यक्रमका प्रबन्धक पौडेलले बीउ जैविक चिज भएको भन्दै, यसलाई संरक्षण गरेर उत्पादनमा ल्याउनुपर्ने बताए । प्रशोधन केन्द्रबाट किसानलाई गुणस्तरीय बीउ दिनसके स्थानीयस्तरबाटै उत्पादनलाई बढाउन सकिने उनको भनाइ थियो । (रासस)

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…