Sansar News- Nepal's Fast Khabar Online News Portal

एनआरएनए एनसीसी अमेरिकाको निर्णय बहुमतद्धारा खारेज

संसार न्यूज़
३ हप्ता पहिले
एनआरएनए एनसीसी अमेरिकाको निर्णय बहुमतद्धारा खारेज

१३ असोज, काठमाण्डौं । एनआरएनए एनसीसी अमेरीकाका बहुमत पदाधीकारीहरूद्वारा ‘आईसीसी डेलिगेसन छनौट समितिको’ नामावली अस्वीकृत गरेको छ ।

एनआरएनएमा सक्रिय एवं जिम्मेवार ब्यक्तित्वहरूलाई पाखा लगाउँदै आफ्ना नातागोता र आफ्नै परिवारका सदस्यहरूलाई अबैधानिक तरिकाबाट डेलिगेसन लिस्टमा नाम उल्लेख गराएको एक विज्ञप्तिमा जनाइएको छ ।

‘एनआरएनए एनसीसीलाई बाइपास गर्दै आज निकालिएको तेस्रो नामावलीमा छनौट समितिका पदाधीकारीहरूले एनआरएनएमा सक्रिय एवं जिम्मेवार ब्यक्तित्वहरूलाई पाखा लगाउँदै आफ्ना नातागोता र आफ्नै परिवारका सदस्यहरूलाई अबैधानिक तरिकाबाट डेलिगेसन लिस्टमा नाम उल्लेख गराएका छन् ।’ विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण अमेरीकाबासी एनआरएनहरूको जनआवाजलाई बिश्वासघात गर्ने यस्ता बदनियतपूर्निण निर्णयबिरूद्ध हामी तल उल्लेखित बहुमत एनआरएनए एनसीसीका पदाधीकारीहरूले आफ्नो मत जाहेर गर्दछौं ।’

संस्थाका बोड अफ डाइरेक्टर तिलक केसीले सामाजिक संजालमा राखेको संघको निर्णय जस्ताको तस्तै

अभियान : संस्थागत सुद्धिकरण
एनआरएनए एनसीसी अमेरीकाका बहुमत पदाधीकारीहरूद्वारा ‘आईसीसी डेलिगेसन छनौट समितिको’ नामाबली अस्वीकृत
हामी एनआरएनए एनसीसीका बहुमत पदाधीकारीहरूले ‘आईसीसी डेलिगेसन छनौट समिति’ ले तयार पारेको आईसीसी डेलिगेसन नामाबलीलाई अस्वीकृत गर्दछौं । एनआरएनए एनसीसीलाई बाइपास गर्दै आज निकालिएको तेस्रो नामावलीमा छनौट समितिका पदाधीकारीहरूले एनआरएनएमा सक्रिय एवं जिम्मेवार ब्यक्तित्वहरूलाई पाखा लगाउदै आफ्ना नातागोता र आफ्नै परिवारका सदस्यहरूलाई अबैधानिक तरिकाबाट डेलिगेसन लिस्टमा नाम उल्लेख गराएका छन् । सम्पूर्ण अमेरीकाबासी एनआरएनहरूको जनआवाजलाई बिश्वासघात गर्ने यस्ता बदनियतपूर्निण निर्णयबिरूद्ध हामी तल उल्लेखित बहुमत एनआरएनए एनसीसीका पदाधीकारीहरूले आफ्नो मत जाहेर गर्दछौं ।

गैह्रआवासीय नेपाली संघ, आईसीसीको बिधान २००३ (संशोधन २०१७) को परिच्छेद ५ धारा १३ तथा गैह्रआवासीय नेपाली संघ, राष्ट्रिय महाधिवेशन संचालन सम्बन्धी नियमावली २०१९ को धारा ७.२ मा‘अन्तराष्ट्रीय महाधिवेशनमा मतदान अधिकार सहित भाग लिनका लागि सम्बन्धित राष्ट्रिय समन्वय परिषदले प्रतिनिधी चयन गर्नेछ’ भन्ने प्रष्ट ब्यबस्था छ । त्यसैगरी एनआरएनए एनसीसी अमेरीकाको बिधान २०१८ को धारा ह्ख्क्ष्क्ष्क्ष् (ज्ञछठ) ले पनि एनआरएनएको अन्तराष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनौट गर्ने अधिकार एनआरएनए एनसीसी बोर्डलाई सुम्पेकोछ । तर यी सम्पूर्ण कानूनी प्राबधानहरूलाई बेवास्ता गर्दै एनआरएनए एनसीसीका ‘केही सिमित ब्यक्तिहरू’ सम्मिलित ‘आईसीसी प्रतिनिधी छनौट समिति’ ले नियमाबली बिपरित तथा मनोमानी ढंगले उक्त छनौट समितिकै पदाधीकारीहरूलाई समेत जानकारी नगराई आईसीसी डेलिगेट्स चयन गरेको छ । एनआरएनए आईसीसीको चुनाबलाई मध्यनजर गर्दै खेलिने यस्ता घृणित खेलहरूप्रति हामी एनआरएनए एनसीसी बोर्डका पदाधिकारीहरू सजग छौं र यस्ता असामाजिक कामको हामी घोर भर्त्सना गर्दछौं । तसर्थ, यथासक्य चाँडो एनआरएनए एनसीसी अमेरीकाको बोर्ड बैठक बसी पक्षपातपूर्ण ‘आईसीसी प्रतिनिधि छनौट समिति’ को आधिकारिक बिघटन गरी एनआरएनए एनसीसीको पूर्ण बोर्डले प्रकाशित नामाबलीको पुनर्मुल्यांकन गरी नयाँ नामाबली प्रकाशित गर्नु पर्ने निर्णय गर्दछौं ।
संस्थागत सुद्धिकरणको यस महाअभियानमा सहयोग र समर्थन गर्न एनआरएनए एनसीसी बोर्डका सम्पूर्ण पदाधिकारीहरू लगायत सम्पूर्ण अमेरीकाबासी एनआरएनहरूलाई हामी अपील गर्दछौं ।
भवदीय,
कृष्णजीबि पन्त, क्षेत्रीय उपाध्यक्ष
सर्बज्ञ वाग्ले, क्षेत्रीय उपाध्यक्ष
अमृत कट्टेल, सचिव
बिनोद रूवाली, युवा संयोजक
दिक्षा बस्नेत, महिला संयोजक
सत्य चौधरी, बोर्ड अफ डाइरेक्टर
जीवन जोशी, बोर्ड अफ डायरेक्टर
खीम भट्टराई, बोर्ड अफ डायरेक्टर
पद्म ठकुराठी, बोर्ड अफ डायरेक्टर
तिलक केसी, बोर्ड अफ डायरेक्टर
धर्म बिश्वकर्मा, बोर्ड अफ डायरेक्टर
क्षत्र गुरूंग, बोर्ड अफ डायरेक्टर
अमर क्षन्त्याल, बोर्ड अफ डायरेक्टर
गैह्र आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय समिति, अमेरीका

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…