Sansar News- Nepal's Fast Khabar Online News Portal

प्ररवासीद्वारा प्राथमिक स्वास्थ्य केन्द्रलाई एक लाख सहयोग

संसार न्यूज़
८ महिना पहिले
प्ररवासीद्वारा प्राथमिक स्वास्थ्य केन्द्रलाई एक लाख सहयोग

१३ असोज,म्याग्दी । म्याग्दीका प्रवासी एक व्यक्तिले प्राथमिक स्वास्थ्यचौकीको स्तरवृद्धिका लागि रु एक लाख सहयोग गरेका छन् । समाजसेवी मुक्ति रोकामगरले दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई रु एक लाख सहयोग गर्ने घोषणा गरेका हुन् । जिल्लाको मङ्गला गाउँपालिका–१ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलिया, सिड्नीमा बस्दै आएका समाजसेवी रोकामगरले मालिका गाउँपालिका–६ दरबाङमा रहेको उक्त स्वास्थ्य केन्द्रलाई रु एक लाख सहयोग गरेका हुन ।
रोकामगर र उनको परिवारद्वारा आयोजित स्वास्थ्य केन्द्रमा शुरु भएको निःशुल्क दन्त शिविरमा मोना अष्ट्रेलियाका अध्यक्षसमेत रहेका रोकाले स्वास्थ्य केन्द्रमा विपन्न नागरिकको औषधोपचार र स्वास्थ्य सामग्री खरीदका लागि सहयोग गरिएको बताए ।
शिविर आइतबार सम्पन्न भएको छ । पश्चिम म्याग्दीका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई लक्षित गरी आयोजित निःशुल्क दन्त शिविरमा ७०० बढीले सेवा लिएका छन् । (रासस)

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ५ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ३ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…