Sansar News- Nepal's Fast Khabar Online News Portal

आइएमइ ट्राभल र क्योदाइ रेमिट जापानले ल्यायो दसैंमा घर फर्कनेका लागि आकर्षक योजना

संसार न्यूज़
१ महिना पहिले
आइएमइ ट्राभल र क्योदाइ रेमिट जापानले ल्यायो दसैंमा घर फर्कनेका लागि आकर्षक योजना

१३ असोज, काठमाण्डौं । आइएमइ ग्रुप अफ कम्पनी अन्तर्गत आइएमइ ट्राभल र जापानको बिस्वसनिय रेमिटान्स कम्पनी क्योउदाइ रेमिटान्सबीच सहकार्य गर्दै अगाडी बढ्ने सम्झौता भएको छ ।

जापानमा नेपालीहरुको वृद्धि दिनप्रतिदिन बढेसँगै विभिन्न ब्यवसाय बढ्ने क्रममा नेपाल जापान आउने–जाने यात्रुहरुको बढ्दो चाप र अत्यधिक मागलाई मध्यनजर गर्दै नेपाल तथा जापानमै ट्राभल टिकेटिंगको ब्यवसायमा पनि व्यस्तता बढ्दै गएको छ ।

यसै व्यस्तता र सेवाग्राहीहरुको अत्यधिक माग र अनुरोधलाइ मध्यनजर गर्दै आइएमइ ट्राभल नेपाल र क्योदाई रेमिटान्स (आइएमइ) जापानको सहकार्यमा नेपाली सेवा ग्राहीहरुलाई लक्षित गर्दै केहि योजनाहरु टोक्योस्थित क्योदाई रेमिटान्सको हेड अफिस शिनओकुबोमा सेप्टेम्बर २८ मा पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

क्योउदाइ रेमिटान्स आइएमइ जापान र आइएमइ ट्राभल बीच भएको जनमुखी सम्झौता निम्न बमोजिम रहेको छ ।

१- जापानबाट नेपाल आउदा जाँदा आइएमइ ट्राभलबाट टिकट खरिद गरि क्योदाई रेमिटान्स (आइएमइ) मार्फत उक्त टिकट रकम आइएमइ ट्राभलको तोकिएको खातामा पठाएमा पैसा पठाउँदा लाग्ने शुल्क निशुल्क गरिने ।

२- आइएमइ ट्राभलबाट टिकेट किन्दा चन्द्रागिरी केवल कारको टिकेट सित्तैमा उपलब्ध गराइनेछ जसका लागि आइएमइ ट्राभलमा सम्पर्क गर्नु पर्नेछ ।

३- यसरी टिकट खरिद गरेर नेपाल जाने सेवा ग्राहीलाइ आइएमइ ट्राभल नेपालले अक्टोबर ३१ तारिकसम्म रिङ्गरोड भित्र एअरपोर्ट पिक अप र ड्रपको ब्यबस्था गर्ने छ जसको लागि जापानबाट डिपार्चर हुनु अगाबै सेवाग्राहीले आइएमइ ट्राभल नेपालमा जानकारी गराउनु पर्ने छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…