Sansar News- Nepal's Fast Khabar Online News Portal

सिंगापुर त्रिकोणत्मक श्रृखलाको चौथौ खेलमा नेपाल र जिम्बावे भिड्दै

सुदीप कार्की
८ महिना पहिले
सिंगापुर त्रिकोणत्मक श्रृखलाको चौथौ खेलमा नेपाल र जिम्बावे भिड्दै

सिंगापुरमा चलिरहको सिंगापुर, नेपाल र जिम्बावे बिचको त्रिकोणत्मक श्रृखलाको चौथो खेल नेपाल र जिम्बावे बिचमा हुन गईरहको छ । नेपाल र जिम्बावेले श्रृखलाको पहिलो खेल खेलेका थिए जसमा जिम्बावेले नेपाल विरुद्ध ५ विकेटले जित निकालेको थियो ।

नेपालले दोस्रो खेलमा सिंगापुर विरुद्ध ९ विकेटले जित निकाल्न सफल भएको थियो । त्यो खेलमा कप्तान पारस खड्काले नेपालका लागि टि–२० पहिलो सतक बनाएका थिए । जिम्बावे भने दोस्रो खेलमा सिंगापुरसँग ४ रनले पराजित भएको थियो ।

नेपाल, जिम्बावे र सिंगापुरले समान २ खेल खेल्दा १ मा जित निकालेका छन् भने १ मा हार वेहोरेका छन् । नेपाल राम्रो रन रेटको आधारमा पहिले स्थानमा छ भने जिम्बावे दोस्रो र सिंगापुर तेस्रो स्थानमा छ । नेपालका लागि जिम्बावे विरुद्ध पहिलो खेलको हारको बदाला लिने र जिम्बावे विरुद्ध जित निकालेर इतिहास बनाउने दोस्रो तथा अन्तिम मैका हुनेछ ।

खेल नेपाली समय अनुसार मंगलबार बेलुका ५ः१५ बाट सुरु हुनेछ ।

नेपालको सम्भावित इलेवनः इशान पाण्डे, पारस खड्का, दिपेन्द्रसिंह एरी, विनोद भण्डारी, पवन सरफ, रोहित कुमार पौडेल, करण केसी, सन्दीप जोरा, सोमपाल कामी, सन्दीप लामिछाने, अभिनास बोहोरा ।

जिम्बावेको सम्भावित इलेवनः ब्रान्डन टेलर, रायन बर्ल, सीन विलियम्स, टोनी मुन्योन्गा, काइल जाविस, र्तेदई चतारा, क्रेग एर्वाइन, टिम्सेन मारुमा, रेगिस चकब्वा, रिचमन्ड मुटुम्बुइ, क्रिस एमपोफु ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ २ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? ३ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए १ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…