Sansar News- Nepal's Fast Khabar Online News Portal

हिमानीकलीको बच्चा जन्मियो

संसार न्यूज़
४ महिना पहिले
हिमानीकलीको बच्चा जन्मियो

१३ असोज, चितवन । हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोरमा रहेको हिमानीकलीले बच्चा जन्माएको छ । १४ वर्षीया हिमानीले भाले बच्चा जन्माएको हो । हात्तीले बच्चा जन्माउनुलाई महत्वपूर्ण मानिन्छ ।
तालीम केन्द्रका प्रमुख वुधन चौधरीका अनुसार असोज ६ गते हिमानीले पहिलो बच्चा जन्माएको हो । गत वर्ष निकुञ्जमा पाँच वटा हात्तीका बच्चा जन्मिएका थिए । चौधरीका अनुसार यस वर्ष गण्डकी, तीर्थमान, देवी, कोशी र सिमसारकली गर्भिणी रहेका छन् । हात्तीले २२ देखि २४ महीनामा बच्चा जन्माउँछ । गर्भिणी रहेका सिमसारकली सौराहा र कोशीकली प्यारीढापमा रहेका छन् । अन्य सबै तालीम केन्द्रमा छन् ।
तालीम केन्द्रमा हाल ६ साना बच्चा, तीन ठूला बच्चा, सात ठूला पोथी र पाँच भाले गरी २१ वटा हात्ती छन् । निकुञ्जको तालीम केन्द्र, सौराहा, कसरा र अन्य पोष्टहरुमा गरेर ६१ हात्ती छन् । (रासस)

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ महिना पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ५ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ५ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ९ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…

International airport to remain closed for half an hour

International airport to remain closed for half an hour ३ वर्ष पहिले | संसार न्यूज़

23 june, Kathmandu- The Tribhuvan international Airport (TIA) would remain…