Sansar News- Nepal's Fast Khabar Online News Portal

३१ प्रतिशत जनसङ्ख्या आधारभूत खानेपानीबाट वञ्चित

संसार न्यूज़
४ महिना पहिले
३१ प्रतिशत जनसङ्ख्या आधारभूत खानेपानीबाट वञ्चित

१३ असोज, अमरगढी । डडेल्धुरा जिल्लाका करीब ३१ प्रतिशत जनता आधारभूत खोपानीबाट वञ्चितीकरण हुनुपरेको छ । जिल्लामा हाल कायम रहेको सात वटा स्थानीय तहमध्ये पाँच गाउँपालिका र दुई नगरपालिकाको तथ्याङ्कले गत आर्थिक वर्षसम्म ३१ प्रतिशत जनसङ्ख्या आधारभूत खानेपानीबाट वञ्चित रहेको देखाएको छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुराका अनुसार जिल्लाका ७९ दशमलव १७ प्रतिशत जनसङ्ख्याले आधारभूत खानेपानीको उपभोग गर्न पाएका छ । जिल्लाको २८ हजार ४३४ घरधुरीमध्ये १९ हजार ६६९ घरधुरी मात्र आधारभूत खानेपानीबाट लाभान्वित भएको कार्यालयले जनाएको छ ।
जिल्लाको सदरमुकाम रहेको अमरगढी नगरपालिकामा २६ प्रतिशत घरधुरीले आधारभूत खानेपानी नपाएको कार्यालयले जनाएको छ । आगामी पाँच वर्ष्भित्र जिल्लालाई पूर्णरूपले आधारभूत खानेपानी पु¥याउने अभियानमा रहेको कार्यालयका डिभिजन प्रमुख रवीन श्रेष्ठले बताए । (रासस)

सर्बाधिक पढिएको

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति १ हप्ता पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु ४ हप्ता पहिले | संसार न्यूज़

लामो समयदेखि प्रचण्डपथीय राजनीतिमा क्रियाशील केही नेता तथा राजनैतिक व्यक्तित्वहरु…

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका २ हप्ता पहिले | संसार न्यूज़

३ माघ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले…

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन ६ दिन पहिले | संसार न्यूज़

माघ, काठमाडौँ । शिक्षक सेवा आयोग नियमावली २०५७ को दशौ…