Sansar News- Nepal's Fast Khabar Online News Portal

बाली विज्ञान पढाउन १७ लाख सङ्कलन

संसार न्यूज़
२ महिना पहिले
बाली विज्ञान पढाउन १७ लाख सङ्कलन

१३ असोज, पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीस्थित जनकल्याण माविमा सञ्चालन भएको शैक्षिक तथा धार्मिक महोत्सवमा रु १७ लाख बराबरको रकम सङ्कलन भएको छ ।
विद्यालयमा सञ्चालित प्राविधिक धारअन्तर्गतको कृषि बाली विज्ञान शिक्षा सञ्चालनका लागि सहयोगार्थ शैक्षिक तथा धार्मिक महोत्सव आयोजना गरिएको हो ।
शैक्षिक तथा धार्मिक महोत्सव अवधिभर पण्डित ऋषिकेश पोखरेलले कथाअनुसार झाँकीसहित सङ्गीतमय शैलीमा कथा वाचन गर्नुभएको थियो । महोत्सव अवधिभर २० हजार दर्शकले अवलोकन गरेका शिक्षक रामप्रसाद भण्डारीले जानकारी दिए ।
यही असोज १ देखि ८ गतेसम्म चलेको शैक्षिक तथा धार्मिक महोत्सवमा रम्भा¬–१ हुँगी बस्ने भीमसेन पछाईले सबैभन्दा बढी रु एक लाख ११ हजार १०१ रकम सहयोग गर्नुभएको छ ।
यसै आर्थिक वर्षदेखि विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारअन्तर्गत कृषि बाली विज्ञान विषय पढाइ भइरहेको छ । कृषि बाली विज्ञानमा हुँगी क्षेत्रका २७ जना विद्यार्थी अध्ययनरत छन् ।
रम्भा गाउँपालिकामा पहिलो पटक प्राविधिक धारअन्तर्गत यस विद्यालयमा कृषि बाली विज्ञान पढाइ शुरु गरेपछि स्थानीय अभिभावक खुशी भएका छन् ।

सडक अवरुद्ध ः खाद्यान्न अभाव
वर्षाका कारण सडक अवरुद्ध हुँदा पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा खाद्यान्न अभाव भएको छ ।
करीब एक महीनादेखि गाउँमा सडक अवरुद्ध बनेको छ । सडक अवरुद्ध हुँदा सवारी साधन ठप्प भएपछि शहर बजारबाट गाउँमा खाद्यान्नका सामग्री लैजान नसक्दा खाद्यान्न अभावको सिर्जना भएको हो ।
रानीबास, झर्लेङ, कोटथर, भञ्ज्याङथोक, बेलौजा, गाबुडाँडालगायतका गाउँमा सञ्चालनमा रहेका किराना पसलमा दैनिक उपभोग्य खाद्यान्न सामग्रीको अभाव देखिएको छ ।
वडाको पूर्वी नाका रिमीघा लेकको लभडाँडामा पहिरोले सडक पुरिँदा जीप तथा मोटरसाइकललगायतका सवारी साधन ठप्प छन् । सडक पहिरोले पुरिँदा पैदल हिँड्ने यात्रुलाई समेत गन्तव्यसम्म आवतजावत गर्न समस्या परेको छ ।
फोक्सिङकोटकै पश्चिम नाका वडा कार्यालय, रानीबास हुँदै तानसेन जाने खण्डको रानीबासको लम्भारमा पहिरो जाँदा सडक अवरुद्घ भएको छ । वडाको झर्लेङ हुँदै तानसेन जाने मोटरबाटो तथा गाबुडाँडा झेस्काङ हुँदै तानसेन जाने बाटोसमेत लामो समयदेखि अवरुद्घ रहेको छ ।
रम्भा गाउँपालिकाले डोजर लगाएर पहिरो हटाए पनि पटकपटक वर्षाका कारण सडक बन्द हुँदा स्थानीयवासी मर्कामा परेका छन् । लगातार पानी परेका कारण सडक सरसफाइ गर्न समस्या परेको वडाध्यक्ष उमानसिं सारुले बताए ।
दशैँ पर्वको मुखमा सडक अवरुद्ध हुँदा अध्ययन, रोजगार तथा विभिन्न कामको सिलसिलामा गाउँदेखि बाहिर बसोबास गरेका नागरिकलाई गन्तव्यस्थलमा पुग्न समस्या परेको स्थानीय एवत सारुले बताए ।
लामो समयसम्म सडक अवरुद्ध हुँदा बिरामीलाई अस्पतालसम्म लैजान समस्या परेको छ । गाउँपालिका केन्द्र पिपलडाँडा र सदरमुकाम तानसेन पैदल हिँडेर जानुपर्ने बाध्यता सिर्जना भएको छ । (रासस)

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…