Sansar News- Nepal's Fast Khabar Online News Portal

वर्षमा रु १७ लाख ५२ हजार राजश्व सङ्कलन

संसार न्यूज़
३ हप्ता पहिले
वर्षमा रु १७ लाख ५२ हजार राजश्व सङ्कलन

१३ असोज, काठमाडौँ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले एक वर्षको अवधिमा रु १७ लाख ५२ हजार राजश्व सङ्कलन गरेको छ । गत आव ०७५/७६ को अवधिमा उक्त रकम राजश्व सङ्कलन गरिएको कार्यालय प्रमुख जनक तिम्सिनाले जानकारी दिए ।

ट्रक, बस, ट्रयाक्टर, जीप कार, मोटरसाइकललगायत तीन हजार पाँच वटा सवारीलाई कारवाही गर्दा उक्त राजश्व सङ्कलन भएको उनले बताए । तीन सय ८१ ट्रकलाई कारवाही गर्दा रु दुई लाख १२ हजार ५००, ११४ बसलाई कारवाही गर्दा रु ५८ हजार, ९३६ जीप तथा कारलाई कारवाही गर्दा रु पाँच लाख ३५ हजार, ३२२ ट्र्याक्टरलाई कारवाही गर्दा रु एक लाख ९० हजार, एक हजार १९१ मोटरसाईकललाई कारवाही गर्दा रु सात लाख २६ हजार र अन्य विविध ६१ वटा सवारीलाई कारवाही गर्दा रु ३० हजार ५०० राजश्व सङ्कलन भएको हो ।

यस्तै गत आव ०७४/७५ मा दुई हजार ७९५ सवारीलाई कारवाही गर्दा रु १६ लाख ५० हजार ५०० राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बढिजसो सवारी साधानहरुको कागजतहरु (बिलबुक, लाइसेन्स) नभएका तथा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारवाही गरिएको कार्यालय प्रमुख तिम्सिनाले बताए । (रासस)

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…