Sansar News- Nepal's Fast Khabar Online News Portal

जीउँदो खसी, बोकाको मूल्य निर्धारण

संसार न्यूज़
१० महिना पहिले
जीउँदो खसी, बोकाको मूल्य निर्धारण

१३ असोज, काठमाण्डौं ।  सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोका तथा च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गरेको छ ।

कम्पनीले बिक्री गर्ने जीउँदो खसी, बोकाको मूल्य प्रतिकिलो रु ५५० र च्याङ्ग्राको मूल्य प्रतिकिलो रु ७३० निर्धारण गरिएको छ । उपभोक्तालाई खसी, बोका तथा च्याङ्ग्रामा प्रतिकिलो रु १० सहुलियत दिई उक्त मूल्य निर्धारण गरिएको कम्पनीका महाप्रबन्धक योगेन्द्र गौचनले जानकारी दिए ।
कम्पनीले आजदेखि साविकको खाद्य संस्थानको थापाथलीस्थिति बाग्मती अञ्चल कार्यालय (सदन धान गोदाम)बाट खसी, बोका तथा च्याङ्ग्राको बिक्री शुरु गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयको समन्वयमा ती खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरिएको हो ।
सरकारले दशैँका समयमा उपभोक्तालाई थारै भए पनि राहत दिन विगतमा झै यसपटक पनि खसी, बोका तथा च्याङ्ग्रा बिक्री गरेको हो । सरकारी मूल्य निर्धारणले बजारमा मूल्य हस्तक्षेप गर्न सहयोग मिल्ने उनले बताए ।
यसवर्षका लागि कम्पनीले काठमाडौँ उपत्यकामा करीब तीन हजारको सङ्ख्यामा खसी, बोका तथा च्याङ¬्ग्रा बिक्री गर्ने तयारी गरेको छ । त्यसका लागि एक हजार ९२० च्याङ्ग्रा र करिब एक हजार खसी, बोका राजधानी ल्याइँदै छ ।
केही खसी, बोका तथा च्याङ्ग्रा काठमाडौँ आइसकेका छन् । अरु एक÷दुई दिनभित्र ल्याइने महाप्रबन्धक गौचनले जानकारी दिनुभयो । कम्पनीले बिक्री गर्ने सहुलियतको खसी, बोका तथा च्याङ्ग्रामा व्यापारीको प्रवेश निषेध गरिएको छ । सम्भव भएसम्म एक परिवारलाई एक खसी, बोका तथा च्याङ्ग्रा बिक्री गरिने उनको भनाइ छ ।

घाटा खाएर उपभोक्तालाई राहत
सरकारले खसी, बोका तथा च्याङ¬्ग्रा बिक्रीमा घाटा खाएर उपभोक्तालाई राहत दिएको छ । खरिद मूल्यभन्दा कममा उपभोक्तालाई बिक्री गर्न लागिएको महाप्रबन्धक गौचनले जानकारी दिनुभयो । कम्पनीले खसी, बोका ढुवानीबाहेक जीउँदो प्रतिकिलो ५७० र दाङबाट प्रतिकिलो ५३५ मा खरिद गरेको छ । (रासस)

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ३ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई ३ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…