Sansar News- Nepal's Fast Khabar Online News Portal

जनताको मन जितेर संविधान परिमार्जन गर्न सकिन्छ ः पूर्वसभामुख नेम्वाङ

संसार न्यूज़
१२ महिना पहिले
जनताको मन जितेर संविधान परिमार्जन गर्न सकिन्छ ः पूर्वसभामुख नेम्वाङ

१३ असोज, इलाम । पूर्वसभामुख सुवास नेम्वाङले जनताको मन जितेर संविधान परिमार्जन गर्न सकिने बताएका छन । उनले वर्तमान संविधान जनता आफैँले निर्माण गरेको संविधान भएको बताए ।
आज यहाँ तेस्रो जिल्ला सभाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले संविधान परिवर्तनीय भएकाले कुनै पनि बेला संशोधन गर्न सकिने बताए । वर्तमान सरकार शासक र राजाले निर्माण गरेको नभई जनताले निर्माण गरेको उनको भनाइ थियो । ठूलो प्रयास र लामो सङ्घर्षपछि निर्माण भएको संविधान अहिले कार्यान्वयनको चरणमा रहेको नेता नेम्वाङले बताए ।

जिल्लामा विद्युत् र यातायातको सुविधा पु¥याउन आफू प्रयत्नशील रहेको उनले बताए । “विसं २०५६ मा चुनाव लड्दा विद्युत् र यातायातको सुविधा थिएन”, नेता नेम्वाङले भने, “अहिले कति विकास भएको छ आफँै देख्न सकिन्छ ।” जिल्लाका सबै घरमा विद्युत् पु¥याउन आफू प्रयत्नरत रहेको उनको भनाइ थियो । (रासस)

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…