Sansar News- Nepal's Fast Khabar Online News Portal

यस्तो छ तपाईको आज (असोज १४ गते) को राशिफल

संसार न्यूज़
२ महिना पहिले
यस्तो छ तपाईको आज (असोज १४ गते) को राशिफल

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ

साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ । रमाइलो यात्रा, जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । व्यापार बढ्नाले आम्दानी पनि बढ्नेछ । कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन् । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह

अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । कमजोर मानसिकताले पछि परिनेछ । स्वास्थ्यका कारण काम रोकिन सक्छ । बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला । पछिका लागि फाइदा हुने भए पनि सोचेको प्रतिफल तत्काल नपाइएला । समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सामाजिक कार्यले हौसला दिलाए पनि घरेलु समस्याले निराश तुल्याउन सक्छ । बेसुरमा दिएको वचनले अप्ठ्यारो पर्नेछ भने काम बिग्रने डरले सताउन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता भंग हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ । ईर्ष्यालु मन भएकाहरूले काममा अवरोध पुर्याउन सक्छन् ।

सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे

साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । व्यवसायमा राम्रै फड्को मार्न सकिनेछ । कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । अवरोध हट्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुने समय छ । मिहिनेतले जीवनशैलीमा राम्रै परिवर्तन ल्याउन सक्छ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो

दिन उत्साहपूर्ण रहनेछ । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ भने विभिन्न भौतिक साधन जुटाउने अवसर मिल्नेछ । मनग्य धन लाभ हुनाले सोख पूरा गर्न सकिनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । रमाइलो यात्रा हुने सम्भावना छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । मानसम्मान प्राप्त हुनुका साथै सम्मानित कामको जश लिने अवसर छ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते

रमाइलो समय छ । चिताएको काम बन्नाले नयाँँ काम सुरु हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । मिहिनेतले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ । मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन गर्न सकिनेछ । नतिजाले उत्साह जगाउनेछ ।

बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु

अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । उधारोमा व्यापार हुनेछ । स्वाभिमानका लागि लाभांश त्याग्नुपर्ला । अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। छर–छिमेकमा असमझदारी बढ्नेछ । आकस्मिक खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। परिश्रमको फल प्राप्त हुने समय छ । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका छ । व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । पहिलेको सफलताले हौसला जगाउनेछ । मिहिनेतले नाम, दाम र इनाम समेत दिलाउन सक्छ ।

मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । मिहिनेत गर्दा कार्य्सिद्धिको समय छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक नेतृत्व हातलागी हुनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्नेछ । काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ, कर्तव्यपरायण रहनुहोला ।

कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द

बाध्यतामा अलमलिनुपर्दा चिताएको काममा बाधा आउला । आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन् । परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ । जीवनशैली व्यस्त रहनेछ तर उपलब्धिविहीन काममा समय बित्न सक्छ । गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । तर नयाँ काम गर्न समय पर्खनुहोला ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि

गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ । सानातिना काममै अल्झनुपर्दा लक्ष्य प्राप्त नहुन सक्छ । हिसाबकिताबमा होसियार रहनुहोला । हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । स्वास्थ्य कमजोर हुनाले आँटेको काममा बाधा पुग्नेछ । अध्ययनमा त्यति समय दिन नसकिएला । प्रयत्न गर्दा पछि फाइदा हुने काम सम्पादन हुन सक्छ ।

२०७६ असोज १४ (अक्टोवर १)

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…