Sansar News- Nepal's Fast Khabar Online News Portal

प्याजको मूल्य अनियन्त्रित

संसार न्यूज़
८ महिना पहिले

१४ असोज, काठमाडौँ । आइतबार भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा त्यसको असर देखिन थालेको छ । मुलुककै ठूलो फलफूल तथा बिक्री केन्द्र कालीमाटीमा आइतबार प्रतिकिलो एकसय पाँच रुपैयाँमा किनबेच भएको प्याजको खुद्रा मूल्य सोमबार एक सय ३५ पुग्यो ।

कालीमाटी भन्दा बाहिरको बजारमा आइतबारसम्म एक सय २० रुपैयाँ प्रतिकिलोमा बिक्री गरिरहेका व्यापारीले एक सय ५० पुराए । अहिले बजारमा प्याज पर्याप्त रहेपनि भारतले प्रतिबन्ध लगाएको निहँुमा व्यापारीले मनपरी गरेका छन् । प्याज मौज्दात कम हुँदै जाँदा मूल्य अझै अकासिने निश्चित छ ।

सामान्यतया अभावको मौका छोपेर मूल्यवद्धि गर्न पाइन्न । ‘आइतबार भारतले निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै व्यापारीले मूल्य बढाउन सक्ने ठानेर सोमबार हामी अनुगमन गर्न कालीमाटी पुग्यौं,’ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृत कपिलप्रसाद रेग्मीले भने,‘अघिल्लो दिनको तुलनामा मूल्य केही भोलिपल्टको बढेकै मूल्यको खरिद दिल देखाए ।’

आइतबार भारतले गरेको निर्णयको फाइदा उठाउँदैं व्यवसायीले केही चलाखी गर्न खोजेपनि मौज्दातमा रहेको प्याजको मूल्य नबढाउन निर्दशन दिएको र व्यापारीले समेत सोही अनुसार प्रतिबद्धता जनाएको रेग्मीको भनाइ छ । मंगलबारको नागरिक दैनिकबाट

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ७ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ५ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…