Sansar News- Nepal's Fast Khabar Online News Portal

एनआरएनए आइसिसि कृषि पब्लिक कम्पनि बारे जापानमा अन्तरक्रिया

संसार न्यूज़
२ हप्ता पहिले
एनआरएनए आइसिसि कृषि पब्लिक कम्पनि बारे जापानमा अन्तरक्रिया

१४ असोज, जापान । एनआरएनए आईसिसि कृषि प्रबर्धन समितीको एशिया प्यासिफिक कृषि समिती र एनआरएनए जापानको सम्युक्त आयोजनामा कृषि अभियानमा गैरआबासीय नेपाली “ बिषयक बृहत छलफलका साथै अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

जापानको टोकियो शहरको सोलमारी मुरा हलमा नेपाल सरकारको सहयोगमा र बिषेस गरि ३ नं प्रदेशको सहयोगमा मुना मार्ट कृषि बजार नेपालमा खोल्न लागेको एनआरएनए आइसिसि कृषि पब्लिक कम्पनिका समबन्धमा‘ समृदिको आधार कृषि , कृषि अभियानमा गैरआबासीय नेपाली ” बिषयक बृहत छलफलका साथै अन्तरकृयाको कार्यक्रम सम्पन्न  भएको हो ।

एनआरएनए जापानका नवनिर्वाचित अध्यक्ष देबिलाल भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अथिति नेपाल सरकारको प्रदेस नं ३ का माननिय कृषि मन्त्री दावा दोर्जे लामा, बिसेस अथिति कृषि बिज्ञ सचिब डा योगेन्द्र कुँवर एनआरएनए कृषि प्रबर्धन समितीका सहसम्योजक कपिलदेब थापा ,एनआरएनए आइसिसिका एसिया प्यासिफिक सम्योजक किरण थापा, सचिब बालकृष्ण घिमिरे, लगायत जापान स्थित बिभिन्न सँघसस्थाहरूका पधाधिकारी हरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिती माननिय मन्त्री तथा बिसेस अथितिद्वयले एनआरएनए आईसिसि कृषि प्रबर्धन समितीले नेपाल सरकार संघ मिलेर गरेको यस कार्यलाइ खुलेर प्रसम्सा गर्दै प्रदेस नं ३ स्वयमको साझेदारि र सहयोगमा सम्पन्न हुनलागेको यो कार्यक्रम अन्तरगत नेपालमा खोल्न लागिएको कृषि पब्लिक कम्पनिका लागि संस्थापक सेयर सदस्यका लागि आह्वान गर्दै यसमा कुनै प्रकारको दुबिधाका सोचहरू नराख्नुहुन र ढुक्कले सेयर धनि बन्नका लागि अनुरोध गरे ।

अब एनआरएनहरूले आंफ्नै देसका कृषिमा बिकासका लागि केहि यस्तै सकारात्मक कामको सुरू गर्नु पर्ने र यसलाइ सबै मिलेर सफल पार्नुहुनको लागि सबैलाइ आह्वान गर्दै प्रदेस नं ३ ले यसै आर्थिक बर्षका लागि यस कार्यक्रमका लागि करिब ४ करोड़को बजेट छुट्टाइ सकेको र गोदावरिमा ५० रोपनि जग्गा उपलब्ध गराउन का लागि आबस्यक कार्य सुरू गरिसकेको र अरू सबै हर प्रकारका सहयोग गरि यसलाइ सफल पार्नका लागि हरतरहले सरकार लागेको कुरा प्रस्टाउँदै  एनआरएनए आईसिसि कृषि प्रबर्धन समितीका सदस्यहरूको खटाइ र काम गर्ने कार्य सैलिका बारेमा मुक्त कण्ठले प्रसम्सा गरे ।

कार्यक्रम बारे एनआरएनए आईसिसि कृषि प्रबर्धन समितीका केन्द्रीय सहसम्योजक तथा बिसेस अथिती कपिलदेब थापाले जानकारी गराएका थिए ।

कार्यक्रममा किरण थापा लगायतका बक्ताहरूले यसको प्रशंसा गर्दै आफुहरू पनि सेयरको लागि ईछ्छुक रहेको कुरा ब्यक्त गर्दै कसैले यसमा संड्का या दुबिधामा नपर्नु हुनका लागि जोड दिए ।

अन्तमा सभापति ले आफु नयॉ कार्यसमितीकोनभरखरै कार्यभार समालेकोले यस बिषयमा खासै जानकार नभएको तर यो आजको कार्यक्रम मा माननिय मन्त्री र सचिब बाट आफू र आफनो कार्य समिती ले यस बिषयमा झर्लड़ग भएको र अब छिट्टै यस बिषयमा काम सुरू गर्ने प्रतिबद्धता ब्यक्त गरे । सहभागि हरूले उत्सुकता पुर्बक सोधिएका प्रश्नहरूको माननिय मन्त्री स्वयम र सचिब ले जबाफ दिएका थिए ।

कार्यक्रम सुरू हुदै गर्दा पुस्कर जड्ग थापा ,राजन कुमार श्रेष्ठ , डि पि कण्डेल ,दिनेश सर्मा लेहनि लगायत २५ जना जापान वासि एनआर एन सदस्यहरूले रू ५ देखि १० लाख सम्मको प्रतिबद्धता सेयर सदस्यको फर्म भरेर बुझाएका थिए । कार्यक्रम एनआरएनए का नबनियुक्त महासचिब जनक बिक्रम शाहि ले सन्चालन गरेका थिए ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…