असोज, काठमाण्डौं । कृषि व्यवासय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र गण्डकी प्रदेश मालेपाटनले यूवा कृषकका लागि स्वरोजगारमुलक व्यवहारिक कृषि तालिमको आवेदन दिन माग गरेको छ ।
उक्त केन्द्रको चालु आ.व २०७६/०७७ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय गर्न चाहाने युवा कृषकहरुका लगि यूवा स्वरोजगारमुलक व्यवाहारिक कृष तालिम संचालन गर्न गइरहेको हुँदा इच्छुक कृषक यूवाहरुले यो सूचना प्रकाशित भएको ३० दिन भित्रमा आवेदन दिन पनि अनुरोध गरिएको छ ।
साथै उक्त केन्द्रबाट उपलब्ध गराइएको निर्दिष्ट फारम भरी यस केन्द्र वा गण्डकी प्रदेश अन्तर्गतका कृषि ज्ञान केन्द्रहरुमा बुझाउन पनि केन्द्रद्धारा अनुरोध गरिएको छ ।
उक्त फारम केन्द्रको वेवसाइट [email protected] तथा www.abpstc.gandaki.gov.np बाट लिन सकिने जनाइएको छ ।