Sansar News- Nepal's Fast Khabar Online News Portal

चितवनमा बृहद् राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुँदै

संसार न्यूज़
२ महिना पहिले
चितवनमा बृहद् राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुँदै

१४ असोज, काठमाण्डौं । चितवनमा चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ आयोजना हुँदैछ ।

‘कृषिको रुपान्तरण : कृषिमा यान्त्रिकरण’ मुख्य नारासहित मंसिर ६ देखि ९ गते सम्म आयोजना हुने उक्त मेलाको आयोजक नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्धन केन्द्र, नेपाल सरकार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं–३ तथा नेपाल कृषि मेशिनरी व्यवसायी संघ रहेका छन् ।

चितवन एक्स्पो सेन्टरमा आयोजना हुन लागेको उक्त प्रदर्शनीमा ७० जिल्लाका करिब १ लाख भन्दा बढीको अवलोकनकर्ताको सहभागीता हुने जनाइएको छ ।

उक्त कृषि प्रदर्शनीमा १०० भन्दा बढी स्टल रहने तथा २० भन्दा बढी देशका २००० प्रकारका कृषियन्त्रहरुको प्रदर्शनी गरिने छ । साथै उक्त मेलामा २० करोड भन्दा माथि कारोबार हुने अनुमान गरिएको पनि आयोजकले पत्रकार सम्मेलनद्धारा जानकारी दिएको छ ।
प्रदर्शनीमा कृर्षी औजार, उपकरण, उत्पादक उद्यमी व्यवसायीहरु, आयातकर्ता, वितरक, डिलर, सव–डिलरहरु, सहकारी एवं गैह सरकारी संघ संस्थाहरु, कृषि विज्ञ, अनुसन्धानकर्ता, शैक्षिक संस्थाहरु, अनुसन्धान संस्थाहरु, सेवा प्रदायक, कृषक समूह, सहकारी संघ संस्थाहरु, बैंक तथा वित्तीय संस्थाहरु लक्षित प्रदर्शनीकर्ता रहेको बताइएको छ ।

त्यसैगरी कृषक, नीति निर्माता, उद्यमी, व्यवसायी, सरकारी एवं गैह्र सरकारी संस्थाहरु, कृषक समुह, कृषि सहकारी संस्था, बैज्ञानिक, शिक्षक, विद्यार्थी लगायतले अवलोकन गर्ने आयोजकले जनाएको छ ।

सोहि अवसरमा कृषि पूर्वाधार विभागका प्रमुख प्रकाश सञ्जेलले उक्त प्रदर्शनीमा सबै जिल्ला र भौगोलिक क्षेत्रका किसानको सहभागीता हुने बताउँदै नेपाली माटो सुहाउँदो प्रविधिहरु प्रदर्शनमा उपलब्ध हुने जानकारी दिए ।  उनले विगतका वर्षहरुमा भन्दा यसवर्ष उल्लेख्य रुपमा सहभागीता रहने अपेक्षा गरिएको समेत बताए ।

त्यस्तै नेपाल कृषि मेशिनरी व्यवसायी संघका उपाध्यक्ष खोजराज कटुवालले प्रदर्शनीमा विगतका वर्षहरुमा भन्दा यसवर्ष धेरै किसीमका नयाँ प्रविधि उपलब्ध हुने बताउँदै प्रदर्शनीमा मेड इन नेपाल पेभेलियन भनेर नेपालमै उत्पादन गरिएको कृषि यन्त्रहरुको ४–५ वटा स्टल राखिने समेत उनले जानकारी दिएका छन् ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष स्वयम्भु कृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त पत्रकार सम्मेलनमा महासचिव कृष्ण शर्माले प्रदर्शनी आयोजनाका बारेमा जानकारी दिएका थिए भन संघका सल्लाहकार मधुसुधन सिंह बस्नेतलगायतले आ–आफ्ना भनाइ राखेका थिए ।

त्यस्तै प्रदर्शनी प्रायोजन तथा स्टल बुकिङकका लागि

नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष स्वयम्भु कृष्ण श्रेष्ठ अध्यक्ष– ९८५११०५४१४
खोजराज कटुवाल उपाध्यक्ष-९८५११०२६५५
कृष्ण शर्मा, महासचिव -९८५१०१९००५
झमक प्रसाद घिमीरे, सचिव- ९८५२०५४४४५
अर्जन लुइंटेल, कोषाध्यक्ष- ९८५१०९२४६७ लाई सम्पर्क गर्न पनि आयोजकले अनुरोध गरेको छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…