Sansar News- Nepal's Fast Khabar Online News Portal

माटो जाँचले बढायो कृषिजन्य वस्तुको उत्पादन

संसार न्यूज़
२ हप्ता पहिले
माटो जाँचले बढायो कृषिजन्य वस्तुको उत्पादन

१४ असोज, जाजरकोट । अघिल्लो वर्ष कृषिजन्य पदार्थको उत्पादन बढाउन माटो जाँचले उत्पादन बढेको छ । अघिल्लो वर्षभन्दा यो वर्ष उत्पादनमा वृद्धि भएसँगै किसानले नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा बीउ लिएर व्यावसायिक खेती गर्न थालेका छन् ।

गत वर्ष ७५ प्रतिशत अनुदानमा बीउ पाएका किसानले अहिले ५० प्रतिशत अनुदानमा बीउ पाएका हुन् । भेरी नगरपालिकाले गाउँगाउँमा गएर किसानको खेतबारीमै माटो जाँच गरी माटोमा अम्लियपन पत्ता लगाएर सोहीअनुसारका बीउ सिफारिश गरेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए ।
कृषक समूहमार्फत बीउ वितरण गरी सबै कृषकलाई व्यावसायिकरूपमा खेती गर्ने वातावरण बनाएको छ । उनले भने, “अघिल्लो वर्षभन्दा यो वर्ष बीउ लिने र सहयोग माग्ने कृषकको सङ्ख्या अत्यधिक भएको छ, नगरपालिकालाई सबैभन्दा उत्कृष्ट बनाउन किसानको माग नै पहिलो आधार बनाएका छौँ ।”
कृषकले लगाएको बालीको रेखदेख र सल्लाह दिनका लागि खेतबारीमा प्राविधिक खटाउनुका साथै वडाध्यक्षलाई निगरानी गर्न आग्रहसमेत गरेको प्रमुख घर्तीले बताए । माटो र परिवेश सुहाउँदो खेती गर्न किसानलाई सहयोग गरी अगाडि बढाउन कृषि क्षेत्र विकास कार्यक्रमसँग सम्झौता गरिएको छ । सो कार्यक्रमबाट नगरपालिकाका कृषकको जीवनस्तर माथि उठाउन महत्वपूर्ण कार्य हुने नगरपालिकाले जनाएको छ ।
कार्यक्रमले पूर्वाधार विकासका साथै तरकारी खेती, ओखर, कागतीलगायतका बिरुवा उत्पादनमा लगानी गर्नेछ । कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुको बजारीकरण गर्नका लागि सडक निर्माण गर्ने योजनासमेत रहेको छ । त्यस्तै किसानलाई कृषिजन्य वस्तुको उत्पादन गर्नका लागि चाहिने मल, औजार, आवश्यक औषधि तथा उपकरणका साथै तालीमसमेत दिने प्रमुख घर्तीले बताए ।
माटो जाँचपछि उत्पादन राम्रो पाएर कृषिजन्य वस्तुको उत्पादनलाई थप प्रभावकारी बनाएका कृषक अहिले नगरपालिकामा नयाँ–नयाँ खालका योजना माग गर्न थालेका छन् । वडा नं ८ का कृषक लालबहादुर थापाले भने, “हामी माल भएर चाल नपाउने किसान रहेछौँ, अहिले हामी नगरपालिकासँगको सहकार्यलाई बढाएर लैजान्छौँ र आफैँ आत्मनिर्भर भई परिचय बदल्छौँ ।” स्थानीय सरकार नहुँदा सदरमुकाम आएर कहिले पनि बीउ नपाई फर्केको समस्या सुनाउँदै अर्का किसान मानबहादुर घर्तीले बताए ।
नगरपालिकाले नेपालकै पहिलो पोषण एप्स बनाई प्रयोगमा ल्याएसँगै यहाँका कृषकले लाभसमेत उठाएका छन् । सो एप्समा कृषिदेखि पोषणसम्म र बालीनाली लगाउनेदेखि कसरी खानेसम्मका कुरा समेटिएका कारण कृषकलाई सजिलो भएको हो । कृषकलाई राहत पुग्ने खालका नयाँ–नयाँ योजना ल्याएर प्रयोग गर्ने थुपै योजना कार्यान्वयमा आउने प्रशासकीय अधिकृत डिल्लीराज बेल्वासेले बताए ।(रासस)

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…