असोज १४ काठमाडौँ । २०२० सिजनको लागि आईपिएलको अक्सन यस वर्षको डिसेम्बर १९ अर्थात मंसिर २४ गते हुनेछ । बिसीसीआईले यसपालिको आइपिएल अक्सनलाई कोलकत्तामा गर्ने निर्णय गरेको छ । यो भन्दा अगाडिका अक्सनहरु प्राय जस्तो बेंगलुरुमा हुने गथ्र्यो ।
यो पालि पनि आईपिएलको अक्सन गएको बर्ष जस्तै सानो हुनेछ । २०२१ देखी भने पहिलेको जस्तै गरी अक्सन भब्य रुपमा हुनेछ । यस अक्सनमा ८ टिमले भाग लिने छन् ।
दिल्ली क्यापिटलसँग (८.२ करोड) खर्च गर्नको लागि सबै भन्दा बढि पैसा हुनेछ भने बेंगलुरुसँग (१.९ करोड) सबै भन्दा कम हुनेछ ।