Sansar News- Nepal's Fast Khabar Online News Portal

अस्ट्रेलियाबाट आयो सञ्जीव खरेलको दशैतिहार गीत ‘फूलको माला हरर’

संसार न्यूज़
४ महिना पहिले
अस्ट्रेलियाबाट आयो सञ्जीव खरेलको दशैतिहार गीत ‘फूलको माला हरर’

१४ असोज, काठमाडौँ । नेपालीहरुको महान चाडबाड दशैँ तिहारको पूर्वसन्ध्यामा आफन्त, साथीभाई र परिवारजन संगको भेटघाटलाइ नाच्ने गाउने रमाइलो बनाउनको लागि अस्ट्रेलिया निवासी गायक सञ्जीव खरेलले दशैतिहार गीत फूलको माला हरर लिएर स्रोता दर्शक माझ आएका छन् ।

दोस्रो गीत ‘बादल’ आएको करिव ५ महिना पछि गायक खरेलको‘फूलको माला हरर नेपाली सांगीतिक बजारमा आएको हो । फूलको माला हररुमा डि.पी खनालको शब्द र सञ्जीव खरेलको नै संगीत रहेको छ । गीतको एरेन्जमेन्ट उदयराज पौडेलले गरेका हुन् ।

गीतको भिडियोमा चर्चित नायक तथा मोडेल कोशिश छेत्री ,रश्मी भट्ट ,अन्जु चौलागाई ,लगायतको जिवन्त अभिनय रहेको छ भने भिडियोमासुर्य लामाको छायांकन र फराज अर्पनको भिडियो सम्पादन एबम निर्देशनमा रहेको छ ।

भिडियोलाई सञ्जीव खरेलको अफिसिएल युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । बिराटनगर स्थायी घर भइ हाल अस्ट्रेलियाको सिड्नी रहेका गायक खरेलको यसअघिका ‘बादल’ र मेरो मायालाई दर्शकले अत्याधिक मन पराएका थिए ।

सर्बाधिक पढिएको

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति १ हप्ता पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु ४ हप्ता पहिले | संसार न्यूज़

लामो समयदेखि प्रचण्डपथीय राजनीतिमा क्रियाशील केही नेता तथा राजनैतिक व्यक्तित्वहरु…

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका २ हप्ता पहिले | संसार न्यूज़

३ माघ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले…

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन ७ दिन पहिले | संसार न्यूज़

माघ, काठमाडौँ । शिक्षक सेवा आयोग नियमावली २०५७ को दशौ…