Sansar News- Nepal's Fast Khabar Online News Portal

नेपाल–भारत सीमा नाका तीन दिन बन्द हुने

संसार न्यूज़
१० महिना पहिले
नेपाल–भारत सीमा नाका तीन दिन बन्द हुने

१४ असोज, बैतडी । भारतसँग सीमा जोडिएका बैतडी र दार्चुलाका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन् ।

यही असोज १८ गते सिमावर्ती भारतीय जिल्ला झुलाघाटमा हुने जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमाना यही असोज १६ देखि १८ गते सम्म तीन दिनका लागि बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

असोज १६ गते साँझ ५ बजेदेखि १८ गते साँझ ५ बजेसम्म तीन दिनका लागि अन्तर्राष्ट्रिय सीमा (पुल) बन्द हुने उनले बताए। दशैँमा सीमा नाका बन्द हुने भएपछि घर फर्किने नेपालीलाई समस्या हुने देखिएको छ ।

यस्तै दोस्रो चरणअन्तर्गत दार्चुलाको सीमापारी रहेको धार्चुलामा पनि निर्वाचन हुने भएकाले असोज २७ गते साँझ ५ बजेदेखि असोज २९ गते साँझ ५ बजेसम्म धार्चुला नाका पनि बन्द हुने जनाइएको छ ।

आकस्मिक रुपमा निर्वाचनको बिचमा पुल खोल्नुपरेमा आपसी समझदारीमा खोल्न सकिने जिल्ला प्रसासन कार्यालय बैतडीले जनाएको छ । (रासस)

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ३ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई ३ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…