Sansar News- Nepal's Fast Khabar Online News Portal

सम्भावनाको त्रिसङकुमा सभामुख पद

संसार न्यूज़
२ हप्ता पहिले

समाचार विश्लेषण
१४ असोज, काठमाडौँ । नेपालको इतिहासमै बलत्कारको आरोप लागेर संसदका सभामुख कृष्ण बहादुर महराले राजीनामा दिएका छन् । महराले आफ्नो राजीनामापत्रमा ‘कन्डीसन’ राखेपनि उक्त पदमा महराको पुर्नआगमन अब असंम्भव जस्तै छ ।

बिना बादल एक्कासी वर्षिएको झरीले महरालाई बगाएपछि फेरि नयाँ सम्भावनाको सेतो बगर समेत निर्माण भएको छ । मुख्य विपक्षी दल नेपाली काङ्ग्रेसले सभामुख र उप सभामुख पद एउटै दलको हुनु असंवैधानिक भनिरहेका बेला अनायासै सभामुख पद खाली भएको छ ।

अर्पझट निम्तीएको यो अवस्थाले विभिन्न प्रश्नहरू समेत तेर्साएको छ । यी प्रश्नहरूको उत्तर राजनीतिक दलहरूले अवश्य खोज्ने छन् । खासगरी सत्तासीत दल नेपाल कम्पुनिष्ट पार्टीको रापीलो बहुमत रहेको संसदमा उसैको चाहानाको व्यक्ति मात्रै सभामुख हुन सक्ने पक्का छ । तर यसो भनिरहँदा अन्य दृष्य अदृष्य ‘फ्याक्टरले’ सभामुख पदमा प्रभाव पार्ने सम्भावना पनि उत्तिकै रहन्छ ।

सम्भावना एक
संसदको भावी सभामुखको पहिलो दावेदार उपसभामुख डा. सीवमाया तुम्वाहम्फेनै हुन् । विगत २० महिना देखि उपसभामुख पद सम्हालेर अनुभवी बनिसकेकी तुम्वाहाम्फे नयाँ इतिहास निर्माणको संघारमा पुगेकी छन् । नेकपाका उच्चतहका नेताहरू सँग असाध्यै नजिकको सम्बन्धमा रहेकी तुम्वाहाम्फे बौद्धिक नेता समेत हुन् ।
उनको बौद्धिकता र अनुभवलाई नेकपाले राम्रै मुल्याङ्कन गर्न सक्ने सम्भावना रहन्छ ।

सम्भावना दुई
लामो समय संविधान सभाको अध्यक्ष भएर खारीएका सुवाश नेम्वाङ्ग पनि भावी सभामुखको राम्रो संभावना बोकेका सांसद हुन । पुर्नस्थापीत संसद र दुईवटा संविधान सभामा कुशल भुमीका निभाएका नेम्वाङ्ग प्रति नेकपाको नेतृत्व पनि उत्तिकै उदार देखिन्छ ।

तेस्रो सम्भावना

तेस्रो सम्भावना जटिल तर महत्वपूर्ण रहेको छ । मूख्य विपक्षी दल र अन्य विपक्षी दलले एउटै पार्टीका प्रतिनिधी सभामुख र उपसभामुख बन्न नसक्ने आवाज उठाइरहेका छन् । उनिहरुकै आवाज अनुकुल हुनेगरि संसद अहिले अभिभावक विहिन बनेको छ ।

सभामुखको आगामी निर्वाचनमा नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टीले विवाद निम्त्याएर संसद चल्न नदिने सम्भावना प्रबल छ । र सत्तासीत दल नेकमा र समाजवादी पार्टीले यसलाई मिलाएर लैजाने पर्ने बाध्यता छ । यस्तो अबस्थामा हालकी उपसभामुखलाई सभामुख बनाएर लिङ्ग नदोहोरीने र दल एउटै नपर्ने गरी उपसभामुखको चयन हुन सक्ने प्रबल संम्भावना देखिन्छ । यसका लागि अबका उपसभामुखका उमेदवार समाजवादी वा राजपाबाट आए अचम्म नमाने हुन्छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…