Sansar News- Nepal's Fast Khabar Online News Portal

दशैँमा पनि व्यापार नभएपछि चिन्तित छन् व्यापारी

संसार न्यूज़
२ हप्ता पहिले
दशैँमा पनि व्यापार नभएपछि चिन्तित छन् व्यापारी

१४ असोज, काठमाण्डौं । जिल्लाको मुख्य बजार नारायणगढमा दशैँको सङ्घारमा पनि आशा गरे जस्तो व्यापार नभएपछि व्यवसायीहरु चिन्तित भएका छन् । गाउँगाउँसम्म व्यवसाय विस्तार हुँदै गएपछि सामान किन्न मुख्य बजारमा आउने क्रम घटेर गएको हो ।

यसै बजारबाट छिमेकी जिल्लामा समेत सामान जाने गरेकोमा सो क्रम पनि घटेर गएको छ । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधान बजारमा चहलपहल कम भएको बताउछन् । टोल-टोलमा राम्रा सपिङ सेन्टर खुलेपछि बजार आउने क्रम घटेको उनको भनाइ छ । अनलाइन सपिङ, आवश्यक भन्दा बढी पसललगायतका कारण पनि बजारमा व्यापार घटेको प्रधानको ठम्याइ रहेको छ ।

किराना व्यवसायी सङ्घ चितवनका अध्यक्ष ईश्वरीप्रसाद खराल हरेक वर्ष व्यापार घट्दै गएको बताउछन् । गत वर्षको भन्दा आधा पनि व्यापार यसवर्ष नभएको उनको भनाइ छ । सामान मगाएर बिक्री गर्न व्यवसायी डराएको भन्दै उनले विभिन्न नाममा बुझाउनुपर्ने करका कारण व्यवसायी आजित र त्रशित भएको बताए । व्यवसायी कर तिर्न चाहान्छन् तर कति ठाउँमा कर तिर्ने हो खरालले प्रश्न गरे ।

व्यापार घट्ने र खर्च बढ्ने हुँदा व्यवसायी धानीन मुस्किल भएको उनी बताउछन् । फेन्सी व्यवसायी सङ्घ चितवनका अध्यक्ष खिमलाल अर्याल भाटभटेनी, चौधरी जस्ता ‘मल’ र गाउँगाउँका पसलका कारण ग्राहक बजार आउने सङ्ख्या घटेको बताउछन् । विगत २६ वर्षदेखि बजारमा व्यवसाय गर्दै आएका अर्याल अघिल्ला वर्षको तुलनामा खर्च दोब्बर भएको तर व्यापार आधा भएको बताउछन् । पुरानो पसल भएकाले पसलनै बिक्री गर्न खोज्दा बिक्री नहुने र व्यापार पनि नहुने भएकाले धानेर कति दिन बस्ने अन्योलमा परेको आर्यलले गुनासो गरे ।
एउटै फेन्सी पसलमा रु ५० लाख भन्दा बढी लगानी हुने भन्दै उनले त्यसको ब्याज, बढ्दो घरभाडा र कर्मचारीको पारिश्रमिकका कारण व्यवसायी दिनानु दिन धरासयी बन्दै गरेको बताए ।

कपडा व्यवसायी सङ्घ चितवनका अध्यक्ष लक्ष्मीनारायण श्रेष्ठ हरेक वर्ष व्यापार घट्दो क्रममा रहेको बताउछन् । थोक र खुद्रा दुबै व्यवसाय प्रभावित भएको उनको भनाइ थियो । बाउबाजेले गरेको पेशा भएकाले छोड्न नसकेको भन्दै उनले भने, “जानेको यही हो । छोडेर के गर्नु । फसेको फस्यै भइयो । ”

नारायणगढ बजारमा सीमित स्थानमा मात्र पार्किङ् रहेको छ । तीनपाँग्रे सवारी सञ्चालन गर्न पाइदैन । यी कारणले पनि ग्राहक बजार आउन रुचाउँदैनन् । यससँगै एउटै सटरको भाडा रु ५० हजारसम्म पर्ने गर्दछ । जसका कारण बिक्री मूल्य बढी हुने ग्राहकको अनुमान छ । यसैले गर्दा पनि ग्राहकको रोजाइँ बजार कम हुँदै गएको छ ।

भरतपुरको ओरालोमा सुविधा सम्पन्न भाटभटेनी र सिजी मल शुरु भएको छ । भाटभटेनीमा आवश्यक सबै सामग्री एकै स्थानमा पाइन्छ । सिजीमा ब्राण्डेड सामग्री पाइन्छ । दुवै स्थानमा पार्किङ्को सुविधा रहेको छ । ती ठाउँ वातावरण अनुकूलित भएकाले ग्राहकको रोजाइँमा परेका छन् ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…