Sansar News- Nepal's Fast Khabar Online News Portal

शाही भन्छिन्–‘महरा मेरो बुबाजस्तो, मैले रिसमा बोले’ (भिडियोसहित)

संसार न्यूज़
८ महिना पहिले
शाही भन्छिन्–‘महरा मेरो बुबाजस्तो, मैले रिसमा बोले’ (भिडियोसहित)

१४ असोज, काठमाण्डौं । आइतबार आफ्नै कोठामा सभामुख कृष्ण  बहादुर महरा आएर आफूमाथि जर्वजस्ती गरेको आरोप लगाएकी रोशनी साहीले मंगलबार शभामुख महरा ‘महरा मेरो बुवा समान रहेको र मैले रिसमा बोले’ भनेर स्पष्टोक्ति दिएकी छन् ।

उनले आफूलाई रिस उठेर सभामुख माथि त्यस्तो आरोप लगाएको र आफू केही वर्षदेखि डिप्रेशनको औषधि समेत खाएको नागरिक खबर डटकमसँग बताएकी छन् ।

उनले आफूले रिस उठेर महरालाई यी सबै आरोप लगाएको बताउँदै फोनमा पनि सभामुखलाई तथानाम गाली समेत गरेको बताएकी छन् ।
शाहीले महराले कर्मचारी समायोजनमा चाहेको ठाउँमा नभएको र नआत्तिन भनेर फोन गरेको बताउँदै भनेकी छन्, ‘ पछिल्लो समय मलाई कर्मचारी समायोजन नमिलेपछि बेस्सरी रिस उठिरहेको थियो । महरा सरले फोन गर्नु भएको हो । उहाँहरुले तिमीहरु कोही पनि आत्तिनु पर्दैन । चिकित्सकदेखि सबैको समायोजनमा म मिलाउने प्रयास गर्छु भनेर सम्झाउन फोन गर्नु भएको हो ।

उनले आफ्नो कोठामा कुरा गर्न आएका व्यक्तिलाई आफूले यस्तो भनेर जवाफ दिएको बताउँदै भनेकी छन्, ‘उहाँ आउँदै आउनुभएको छैन । प्रेसर हाइ भयो भने बोलाउनुहुन्छ हामीलाई । तर यो कस्तो भयो भने जर्वजस्ती आकै हो, आकै हो, आको भनेर हामीले सुनेको हो । तपाईलाई यस्तो यस्तो भएको हो रे भनेर जर्वजस्ती गर्न खोजे । मैले नआको मान्छेलाई आको भन्दिन । र अर्कोकुरा एउटा बाउ जस्तोसँग अभिभावक समान जस्तो मान्छेलाई सेक्समा जोड्न चाहि मिल्दैन । त्यो तपाईहरुलाई पनि भोली हुन सक्छन नि, तपाइइहरुका पनि छोरा छोरी होलान्, त्यस्तो ब्लेम लगाइदिने, नभको कुरालाई पनि हो भन्दिने ?’

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ १ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ६ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…