back

अमेरिकाबाट एनआरएनए अध्यक्षलाई खुलापत्र, नियम विपरीत गए कानुनी उपचार खोजिने

वि.सं.२०७६ असोज १४ मंगलवार

126 

shares
NTC AD
Global IME AD

१४ असोज,  अमेरिका । गैरआवासीय नेपाली संघ अमेरिकाका सदस्य रविन राज बज्राचार्यले एनआरएनएको नियम बिपरित गए कानुनि उपचार रोज्न बाध्य हुने भन्दै अन्तर्राष्ट्रियका अध्यक्ष भट्टलाई खुला पत्र लेखेका छन् ।

उनले सेप्टेम्बर ३० भित्र प्रतिनिधी पठाउनु पर्ने नियम (परिपत्र) अनुसार अमेरिकाको एनसिसीले हालसम्म लिखित रुपमा क्षेत्रिय संयोजककोमा प्रतिनिधीहरुको नाम सिफारिसको लागी पेश नगरेको दाबि गरेका छन् । नियम अनुसार अमेरिकाज क्षेत्रिय संयोजकले पनि सम्पूर्ण डेलिगेटसहरुको नाम आई सि सी मा हाल सम्म सिफारिस नगरेको जानकारी पनि आएको उनको खुला पत्रमा उल्लेख गरेका छन् ।

बज्राचार्यले अगाडी लेखेका छन्,अमेरिकाज क्षेत्रबाट हालसम्म सिफारिस गरिएका ४९ जना भन्दा बाहेक तोकिएको समय पश्चात पठाईएका नामहरु स्विकृत नगर्नु हुन र अन्य प्रतिनिधीहरुलाई सम्मेलनमा भाग लिनबाट बन्चित गर्नु हुन एन आरएनएको नियमानुसार अनुरोध गर्दछु भनि खुला पत्र लेखेका छन् ।

यसको साथै उनले गैरआवासीय नेपाली संघ अमेरिकाको बिशेष अधिवेसन बोलाउन हस्ताक्षर संकलन गरि रहेका पनि छन् ।

उनको खुला पत्रको पूर्ण विवरण जस्ताको तस्तै

आई सी सी का अध्यक्ष्य ज्यू र महासचिवज्यूलाई खुल्ला पत्र,

श्रीमान अध्यक्ष ज्यू,
एन आर एन ए
काठमाडौं

बिषय ः एन आर एन ए बिश्व सम्मेलनमा अमेरिकी प्रतिनिधी बारे

महोदय,

उपरोक्त सम्वन्धमा, नेपालमा हुँदै गरेको हामी सबैको साझा संगठन एन आर एन ए को बिश्व सम्मेलनमा सहभागी हुन बिश्वभरीका एनसीसीबाट हिजो सेप्टेम्बर ३० भित्र प्रतिनिधी पठाउनु पर्ने नियम (परिपत्र) अनुसार अमेरिकाको एनसिसीले हालसम्म लिखित रुपमा क्षेत्रिय संयोजककोमा प्रतिनिधीहरुको नाम सिफारिसको लागी पेश नगरेको र नियम अनुसार अमेरिकाज क्षेत्रिय संयोजकले पनि सम्पूर्ण डेलिगेटसहरुको नाम आईसिसीमा हालसम्म सिफारिस नगरेको भन्ने जानकारी आएकोले, अमेरिकाज क्षेत्रबाट हालसम्म सिफारिस गरिएका ४९ उनानपच्चास जना भन्दा बाहेक तोकिएको समय पश्चात पठाईएका नामहरु स्विकृत नगर्नु हुन र अन्य प्रतिनिधीहरुलाई सम्मेलनमा भाग लिनबाट बन्चित गर्नु हुन एनआरएनएको नियमानुसार अनुरोध गर्दछु । साथै एनआरएनएको नियम बिपरित कदम चाल्नु भएमा कानुनी उपचार समेत रोज्न बाध्य हुने कुराको जानकारी गराउँदछु ।
जय एनआर
भवदिय

रविन राज बज्राचार्य
सदस्य
एनआरएनए
अमेरिका

बोधार्थ
गौरी जोशी क्षेत्रिय संयोजक
नबिन शेरचन क्षेत्रिय उप योजक

वि.सं.२०७६ असोज १४ मंगलवार २०:४६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

काठमाडौं । भारतको नैनीतालमा भएको जिप दुर्घटनामा सात नेपालीको मृत्यु...

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

तपाइसङ्ग सेभिङ्ग भएन, अहिले उमेरमै रोजगारिको तनाखा बुझ्दा कर तिर्नु...