Sansar News- Nepal's Fast Khabar Online News Portal

हेर्नुहोस् यस्तो छ तपाईको आज (असोज १५ गते) को राशिफल

संसार न्यूज़
२ हप्ता पहिले
हेर्नुहोस् यस्तो छ तपाईको आज (असोज १५ गते) को राशिफल

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ

व्यापार–व्यवसायमा मनग्गे लाभ हुनेछ । प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ । काममा परिवारजनको साथले उत्साहित भइनेछ । मध्याह्नदेखि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ । स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला । श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य प्राप्त नहुन सक्छ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ । मध्याह्नदेखि यात्रा गर्ने अवसर जुट्नेछ । सोखले फजुल खर्च बढाउन सक्छ । आलस्य गर्दा आँटेको काम रोकिएला । अर्थ संग्रहमा बाधा पुग्नेछ । तापनि लगनशील बन्दा नियमित काम सम्पादन गर्न सकिनेछ ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह

अध्ययनमा समय दिन नसकिएला । बुद्धिको उपयोगले मात्र लक्ष्य पहिल्याउन सकिनेछ । समयको मागलाई ध्यान दिन नसक्दा पछि परिनेछ । मध्याह्नदेखि प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यले फाइदा दिनेछ । आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । आम्दानीका नयाँ स्रोतसमेत फेला पर्नेछन् ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । कामका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला । अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ । काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ । तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ । पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ ।

सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे

गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । मध्याह्नदेखि उपलब्धिका लागि काम दोहोर्याउनुपर्ला । आफन्तहरू टाढिने डरले सताउनेछ । पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो

बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ । मध्याह्नदेखि रोकिएका काम बन्नेछन् । प्रतिस्पर्धीलाई पछि पार्दै फाइदा उठाउन सकिनेछ । व्यापार–व्यवसायमा मनग्य धन लाभ हुनेछ । सहयोगीहरूले साथ दिनेछन् ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । सानो प्रयत्नले ठूलो फाइदा हुनेछ । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । आजको उपलब्धिले थप उत्साह जगाउनेछ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । व्यापार–व्यवसायमा पनि मनग्य लाभ हुने समय छ ।

बृश्चिक -(तो, ना, नि, नु, ने, नो, या, यि, यु

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । समय दिन नसक्दा काम रोकिन सक्छ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ भने पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।

धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ । सानो प्रयत्नले ऋणमोचन हुने सम्भावना छ । मध्याह्नदेखि ईर्ष्या गर्नेहरूले फसाउन सक्छन् । सोखले फजुल खर्च बढाउन सक्छ । आलस्य गर्दा आँटेको काम बीचैमा रोकिन सक्छ । अर्थ संग्रहमा बाधा पुग्नेछ । तापनि लगनशील बन्दा नियमित काम सम्पादन गर्न सकिनेछ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । साझेदारी र सट्टापट्टामा पनि सामान्य आर्जन गर्न सकिनेछ । मध्याह्नदेखि आम्दानीका नयाँ स्रोत फेला पार्न सकिनेछ । फाइदा हुने काम प्रारम्भ होला । मिहिनेतको उपलब्धि प्राप्त हुनेछ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द

मिहिनेत परे पनि फाइदा कम मात्र हुनेछ । प्रतीक्षित नतिजा कमजोर देखिन सक्छ । अरूको फाइदाका लागि उपयोग भइने समय रहेकाले सावधान रहनुहोला । मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ भने साथ दिनेहरू भेटिनेछन् । जिम्मेवारी हात पार्ने मौका छ । विशिष्ट व्यक्तिसँग मित्रता गाँस्ने समय छ । पहिलेको मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। आँटेको काम बन्नेछ ।

मीन-दि, दु, थ, झ, ञ, दे, दो, च, चि

स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। अवसरका लागि दौडधुप गर्नुपर्ला । तत्काल लाभ नभए पनि मध्याह्नदेखि प्रयत्न गर्दा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुस्ख पाइनेछ । भविष्यमा फाइदा हुने काम प्रारम्भ हुन सक्छ ।

असोज १५ बुधबार (अक्टोबर २)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

यस्तो छ तपाईको आज (असोज १४ गते) को राशिफल

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…