Sansar News- Nepal's Fast Khabar Online News Portal

बढी शुल्क फिर्ता नगरे मुद्दा चलाउने शिक्षामन्त्रीको चेतावनी

संसार न्यूज़
१० महिना पहिले

१५ असोज, काठमाडौँ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले एमबीबीएस पढ्ने विद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता गर्न मेडिकल कलेजहरुलाई चेतावनी दिएका छन् ।

सम्मानित व्यक्तिलाई मुद्दा चलाउनु राम्रो नहुने भएकाले इमानदारीपूर्वक बढी लिएको रकम फिर्ता गर्नुपर्ने उनको भनाइ छ । मंगलबार काठमाडौँमा अनेरास्ववियुले गरेको ‘चिकित्सा शिक्षाको समस्या तथा ऐन कार्यान्वयनको सवाल विषयक बृहत् अन्र्तिक्रया कार्यक्रम’ मा मन्त्री पोखरेलले सबै मेडिकल कलेजलाई ऐनअनुसार अघि बढ्न आग्रह गरे ।

अनुसन्धान , शिक्षा र सेवालाई एकै ठाउँमा जोडेर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले ऐनको कुनै विकल्प नभएकोसमेत प्रस्ट पारे । ०६२÷६३ को संक्रमणकाल जसरी अब चल्न नसकिने भन्दै मन्त्री पोखरेलले मेडिकल शिक्षाको गुणस्तरमा ध्यान दिनसमेत आग्रह गरे । बुधबारको नयाँ पत्रिकाबाट

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ३ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई ३ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…