Sansar News- Nepal's Fast Khabar Online News Portal

ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान

संसार न्यूज़
२ हप्ता पहिले
ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान

१५ असोज, बागलुङ । बागलुङ नगरपालिकाले २८ ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान गरेको छ । नगरपालिकाले २९औँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा २८ नागरिकलाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रमको वडा नं ७ का अध्यक्ष खगराज पाण्डेयले ज्येष्ठ नागरिकको सम्मान कार्यक्रमको शुभारम्भ गरेका थिए । प्रत्येक वडाका एक महिला तथा एक पुरुष गरी १४ महिला र १४ पुरुषलाई नगद रु पाँच हजार, दोसल्ला तथा सम्मान पत्रद्वारा सम्मान गरिएको प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले जानकारी दिए ।

“ज्येष्ठ नागरिकलाई हेला होइन, माया गरौँ भन्ने भावनाका साथ प्रत्येक वर्ष सम्मानको कार्यक्रम राखेका छौँ”, कुँवरले भने, “सम्मान प्राप्तपछि ज्येष्ठ नागरिक हर्षित छन् ।” नगरपालिकाले यस वर्ष ज्येष्ठ नागरिक सम्मानका लागि रु दुई लाख विनियोजन गरेको थियो । ज्येष्ठ नागरिक दिवसका अवसरमा नगरपालिकाबाट नगदसहित सम्मान पाउँदा निकै हर्षित भएको ज्येष्ठ नागरिक वडा नं २ का ९७ वर्षीय चन्द्रकुमार श्रेष्ठले बताए ।

ज्येष्ठ नागरिक दिवसका अवसरमा नगरपालिकाको स्वास्थ्य शाखाले वृद्धवृद्धालाई निःशुल्क स्वास्थ्य परीक्षणसमेत गरेको थियो । स्वास्थ्य परीक्षणमा ज्येष्ठ नागरिकहरुको मधुमेह, उच्चरक्तचाप लगायतको स्वास्थ्य परीक्षण गरिएको थियो । मानव सेवा आश्रममा रहेकालाई फलफूल समेत वितरण गरिएको थियो । यस्तै जिल्लाको गलकोट नगरपालिकाले ८५ वर्ष नाघेका पाँच ज्येष्ठ नागरिकलाई रु तीन हजारका दरले चाडपर्व भत्ता वितरण गरेको छ । (रासस)

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…