Sansar News- Nepal's Fast Khabar Online News Portal

यातायात विधेयक पारित

संसार न्यूज़
२ हप्ता पहिले
यातायात विधेयक पारित

१५ असोज, कास्की । गण्डकी प्रदेशसभाको मङ्गलबारको बैठकले प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।
बैठकमा प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले विधायन समितिको प्रतिवेदन सहित विधेयक पारित गरियोस् भन्दै गरेका प्रस्ताव सभाले सर्वसम्मत पारित गरेको हो ।

यसअघि विधेयक माथिको छलफलमा बोल्दै प्रदेशसभा सदस्य मीना गुरुङ, विन्दुकुमार थापा, हरिशरण आचार्य र कृष्ण थापाले विधेयक प्रदेशमा यातायात सुसञ्चालन एवं व्यवस्थापनका लागि महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे। पोखराको ट्राफिक व्यवस्थापन काठमाडौँको जस्तै बन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै सदस्यहरूले यसतर्फ बेलैमा सचेत बन्नुपर्ने धारणा राखे।

बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशलाई राम्रो बनाउने जिम्मेवारी सत्तापक्ष, प्रतिपक्षलगायत सबैको भएको बताउँदै यसका लागि सामूहिक प्रयास आवश्यक हुनेमा जोड र्दिए । प्रदेशमा दक्ष जनशक्ति तयार गर्नका लागि विश्वविद्यालय ऐन, दक्ष जनशक्ति छनोट गर्ने गरी लोकसेवा आयोग ऐन, यातायात सुव्यवस्थाका लागि यातायात ऐनजस्ता महत्वपूर्ण ऐन तथा कानून यस अवधिमा निर्माण गरिएको उनले जानकारी दिए ।

देशमा संविधान कार्यान्वयनमा गएको १८ महीना मात्र भएको बताउँदै उहाँले यस छोटो अवधिमा नै आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पारे। स्थानीय तहमा उपप्रमुखका लागि दिइएका सेवासुविधा सम्बन्धमा प्रश्न उठ्ने गरेको बताउँदै उनले उपप्रमुखले न्यायिक समितिको नेतृत्वका साथै अनुगमनजस्ता महत्वपूर्ण काम गर्ने भएकाले सेवा सुविधालाई अन्यथा लिनु नपर्ने उल्लेख गरे ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेलले सरकारले सदनलाई पूरा काम दिन नसकेको बताउँदै आगामी दिन त्यसतर्फ ध्यान दिन आग्रह गरे । प्रदेशसभा सदस्य कृष्ण थापाले तीन तहबीच समन्वय नभएको धारणा राखे। अर्का सदस्य हरिशरण आचार्यले संसद्को नियमित काम धान्नेबाहेक अन्य उपलब्धि हुन नसकेको बताए ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…