Sansar News- Nepal's Fast Khabar Online News Portal

गगनको गनगन, आफूले गोँध्दा सहि अरुलाई कायर भन्छन्

पुष्पलाल पाण्डे
२ हप्ता पहिले
गगनको गनगन, आफूले गोँध्दा सहि अरुलाई कायर भन्छन्

“ज्ञानेन्द्र शाही माथि आक्रमण गर्ने विचरा कायरहरुका बारेमा के टिप्पणी गर्नु ? यो कायरताका लागी उक्साउनेहरू दोषी हुन् । अब हिसाब किताव यीनै सँग माग्नु पर्छ ।”

माथि उदृत गरीएको उदृताम्स नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा सांसद गगन थापाको ट्विट बाट लिइएको हो । थापाले भने जस्तै कसैमाथि अन्याय गर्नेहरू कायर हुन् । थापाको यस भनाइ सँग असहमत हुनु पर्ने कारण यहाँ देखीदैन ।

प्रजातन्त्रमा वाक स्वतन्त्रतालाई मानव अधिकारको महत्वपूर्ण पक्षको रूपमा बुझिन्छ । हाम्रो जस्तो समावेसी प्रजातान्त्रिक व्यवस्था अबलम्वन गरेको देशमा कुनै पनि नागरिक असुरक्षीत हुनु हुँदैन । यस मानेमा थापाले शाहीको पक्षमा गरेको वकालतको विपक्षमा बिचार बनाउनु पर्छ जस्तो मलाई लाग्दैन ।

तर हरेक सिक्काका दुई वटा हुन्छन् भने जस्तै प्रत्येक घटनाका पनि पक्ष र विपक्ष हुन्छन् । घटनाको यथार्थ र गहन विश्लेषण नगरी निर्माण गरिने बिचार एकाङगी हुन्छन् भन्ने सत्य पनि हामीले बिर्सनु हुँदैन ।

शाही वा अरु कसैमाथि हुने भौतिक वा अन्य आक्रमण भत्र्सना योग्य छन् । कम्तीमा यस्ता कर्तुतहरूको विरोध गर्ने पर्दछ । तर शाही माथि भएको आक्रमणको विषयलाई लिएर थापाले गरेको उक्त ट्विट पढेपछि मलाई भने अलिक नोस्टाल्जीक हुन मन लाग्यो ।

प्रसङ्ग म आफू पूर्ण रूपमा त्रिचन्द्र कलेजको विद्यार्थी हुँदा ताकाको हो । जुनबेला मलाई राजनीति भन्दा बढि साहित्य र अन्य अतिरिक्त क्रियाकलापमा दिलचस्थी थियो । त्रिचन्द्र कलेज पिताजीले समेत स्नातक अध्ययन गरेको कलेज भइकोले र मेरा धेरै काथीहरु पनि सोहि कलेजमा भर्ना भएका कारण म उक्त कलेजमा भर्ना भएको थिए । म त्यो कलेजको विद्यार्थी भइरहँदा सांसद थापा उक्त कलेजको स्वतन्त्र विद्यार्थी युनियनको सभापती थिए ।

नेपाल विद्यार्थी संघको बोलवाला रहेको उक्त कलेजमा अन्य विद्यार्थी संगठनहरू अत्यन्तै रक्षात्मक अवस्थामा थिए । त्रिचन्द्रमा नेवि संघ बाहेक अन्य संगठनहरूले गतिविधि गर्नु पूर्णत निषेध जस्तै थियो । यस्तै निषेधका बावजुद एकदिन घन्टाघर तर्फको भवनको पछाडी पट्टीको कपुरको फेदंमा अनेरास्ववीयुका कार्यकर्ताहरू भेला भइरहेका थिए । उनिहरू किन भेला भइरहेका थिए, हामी सामान्य विद्यार्थीले चाल पाएका थिएनौ । हामी घन्टाघर विल्डीङ्गको दोश्रो तल्लामा अनिवार्य अङ्ग्रेजी पढिरहँदा कपुरको फेदमा एक्कासी हल्ला खल्ला भयो । तल हेर्दा ती अखिलका कार्यकर्ता माथि नेवि संघका नेता कार्यकर्ताहरूले ढुंगा, खुकुरी र खुँडा बर्साइ रहेका थिए ।

नेविसंघको आक्रमणको चोट खप्न र प्रतिवाद गर्न नसके पछि त्यहाँबाट अखील कार्यकर्ता भागेका थिए । त्यसको केहि समय पछि बास्केटबल कोर्टमा नेता थापाले चर्को भाषण गरेका थिए । उनको त्यो चर्को भाषणमा उनले भनेका थिए “अब त्रिचन्द्रमा नेविसंघ बाहेक अन्य संगठनहरूले पस्ने कोसीस गरे खुट्टा काटेर रानीपोखरीका माछालाई खुवाइने छ ।”

थापाको उक्त ट्विट पढीसकेपछि मलाई उनको निर्देशनमा कलेजमा भएको घटना र उनको भाषणको झलझली याद आएको छ । अनि मलाई सोध्न मन लागेको छ थापाजी तपाईले त्रिचन्द्रमा घटाएको घटनाको बिचारा को थियो ? तपाई जस्ता कायरहरूलाई उक्साउने को थिए ? र ति घटनाका पिडीतहरूले को सँग हिसाब माग्नु पर्ने हो ?

यो प्रसङ्गमा रङ्गमङ्गीइरहँदा मलाई अहिले पनि लाग्दैन शाही माथि भएको आक्रमण जायज थियो भनेर । कुनैपनि हालतमा कसैले कसै माथि निषेध गर्ने, रानीपोखरीमा फाल्ने काम जायज हुँदै होइन । अझ नेकपाका कार्यकर्ताहरूबाट त यो संम्भव हुँदै हुँदैन । किनभने नेकपा मदन मण्डारीको आर्दशबाट निर्देशित पार्टी हो । जसले कहिल्यै निषेधको राजनीतिलाई कहिल्यै स्वीकार गरेनन् । मदनले तत्कालीन माक्र्सवादी पार्टी सँग मालेको एकता मात्रै गराएनन् मनमोहन अधिकारीलाई आफ्नो नेता मान्न तयार भए ।

संसदिय निर्वाचन पछि अधिकारीलाई संसदिय दलको नेता मात्रै बनाएनन् आफ्ना सबैभन्दा ठुला आलोचक सिपी मैनालीलाई संसदिय दलको उपनेता बनाएर आफ्नो उदार र उद्वात हृदय देखाए । पार्टीलाई जनअनुमोदनबाट निखार्न जनताको वहुदलीय जनवाद जस्तो प्रतिष्पर्धी सिद्धान्त तर्फ अग्रसर बनाए ।

समय त्यहि थियो गगनले कायर भनेको नेकपा भित्र प्रजातान्त्रिक सौहार्दता थियो । तर थापाको माउ पार्टीले आफ्ना संस्थापक नेता गणेसमान सिंहलाई पार्टीवाट अलग्याएको थियो ।

किसुनजी र गणेसमान जस्ता नेतालाइ पार्टीमा स्थान सम्म दिन नसक्ने पार्टीको वर्तमान नेताको रूपमा गगनले ति कायरहरूलाई कुनै उत्तर दिनु पर्छ कि पर्दैन ? के गगनले शाहीको मानव अधीकारको वकालत गरीरहँदा उनले मानहानी गरेका नेकपाका नेता कार्यकर्ताको मानवअधीकारलाई बुझ्न सक्छन् ? थापाले यसको उत्तर दिनु पर्छ कि पर्दैन ? आजको जनआस्था बाट ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…