Sansar News- Nepal's Fast Khabar Online News Portal

नयाँ चीन स्थापनाको ७० औँ बर्षगाँठ पूरा, भब्य कार्यक्रमसहित स्थापना दिवस मनाइयो

सिन्ह्वा
३ हप्ता पहिले
नयाँ चीन स्थापनाको ७० औँ बर्षगाँठ पूरा, भब्य कार्यक्रमसहित स्थापना दिवस मनाइयो

असोज, बेइजिङ । जनवादी गणतन्त्र चीन स्थापनाको ७० औँ वर्ष पुगेको अवसरमा मङ्गलबार चीनले देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरी भब्यताका साथ मनाएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालिन नेता माओत्सेतुङको नेतृत्वमा भएको साँस्कृतिक क्रान्ति सफल भएपछि सन् १९४९ अक्टोबर १ मा उनले जनवादी गणतन्त्र चीन गठनको घोषणा गरेका थिए । चीनले त्यसयता असाधारण गतिले विकास गरेको छ । बार्षिकोत्सव मनाउन चीनको राजधानी बेइजिङमा पनि ऐतिहासिक ठूलो भनिएको सैन्य परेड सम्पन्न भएको छ ।

बेइजिङमा बार्षिकोत्सवका अवसरमा आयोजित एउटा उद्घाटन सम्बोधनमा चीनका राष्ट्रपति सी चिन पिङले भने “कुनै पनि शक्तिले चीन र यहाँका जनतालाई अघि बढ्नबाट कहिल्यै पनि रोक्न सक्नेछैन ।” एकतालाई नै चीनको निरन्तर प्रगतिकोे महत्वपूर्ण कारक भएको स्पष्ट देखिएको पनि उनले चर्चा गरे ।

सी चिन पिङ आधुनिक चीनका माओपछिकै शक्तिशाली नेताका रूपमा उनलाई चिनियाँहरूले मान्ने गरेका छन् । उनले थपे , “चीनले ७० वर्ष पार गर्दै नयाँ पाना पल्टाउन लागिरहेको छ । शान्तिपूर्ण विकास तथा सहयोग एवम् साझा विजय भन्ने सिद्धान्त पालना गर्ने चीनले विश्वको शान्ति तथा विकासको लागि अझ उज्ज्वल भविष्य ल्याउने विश्वास विश्व समुदायको रहेको छ ।

कार्यक्रमलाई सफल र भब्यताका साथ सम्पन्न गर्न ट्याङ्कर, क्षेप्यास्त्र प्रक्षेपण गर्ने मिसाइल लन्चर र अन्य सैनिक सामग्रीसहित १५ हजार सैनिकहरू मध्यबेइजिङको तियानआन्मेन स्क्वाएरमा भेला भएका थिए भने देशैभर ठूलाठूला कार्यक्रमहरू गरिएको थियो ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…